Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

डेंगुबाट दुईजनाले ज्यान गुमाए, एक सातामै भेटिए २११ जना संक्रमित

 

काठमाडौँ : पछिल्लो एक सातामा देशभर २११ जना डेंगुका विरामी भेटिएका छन्।

स्वास्थ्य सेवा विभाग,इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का अनुसार पछिल्लो एक साताको अवधिमा ७४ जिल्लामा २११ जना डेंगुका नयाँ विरामी भेटिएका हुन्।

योसँगै गत जनवरी यता देशभर ३ हजार २४७ जनामा डेंगु संक्रमण भएको छ भने यही समयमा २ जना सङ्क्रमितको मृत्यु भएको इडीसिडीले जनाएको छ।

यस्तै गत जनवरी यता सबैभन्दा धेरै गण्डकी प्रदेशमा ९१४ जनामा डेंगु पुष्टि भएको छ। त्यसैगरी बागमतीमा ६७५, कोशीमा ५६८ लुम्बिनीमा ५५१, सुदूरपश्चिममा ३८४, कर्णालीमा ९३ र मधेशमा ६२ जनामा डेंगु पुष्टि भएको छ।

यस्तै जिल्लागत रूपमा हेर्दा काठमाडौँ र कास्कीमा डेंगुका धेरै विरामी भेटिएका छन्। हाल काठमाडौँमा ३१० र कास्कीमा ३१३ जना संक्रमित भेटिएका छन्।

डेंगु संक्रमण भएको पोथी जातको लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। नेपालमा यसअघि पनि सन् २०१० मा तराईका रूपन्देही, नवलपरासीलगायतका जिल्लामा डेंगुले महामारीको रूप लिएको थियो।

नेपालमा पहिलोपटक सन् २००६ मा चितवनमा डेंगु पुष्टि भएको थियो। साउनदेखि कात्तिक अन्तिमसम्म अत्यधिक मात्रामा डेंगु संक्रमण बढ्ने उच्च जोखिम छ।

पछिल्ला वर्षहरूमा वर्षायाममा डेंगु गम्भीर स्वास्थ्य समस्याको रूपमा देखिने गरेको छ। पहिलोपटक भारतबाट आएका एक व्यक्तिमा डेंगु देखिए पनि पछिल्ला वर्ष नेपालमा वर्षाको समयमा डेंगु रैथाने रोगजस्तै हुन थालेको छ।

यसबाट बच्न झुल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगु सङ्क्रमण रोकथाम गर्न सकिन्छ।

डेंगु संक्रमणको जोखिम रोक्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन महिनालाई लामखुट्टे खोज्ने र लस्ट गर्ने अभियानै सञ्चालन गरेको छ।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP