Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

अद्यावधिक नभएको कम्पनीमार्फत शेयर बिक्री, रकम सङ्कलन गर्ने पिंकीविरुद्ध उजुरी

 

काठमाडौँ : रसुवाको अपर मैलुङ जलविद्युत आयोजना निर्माणकै क्रममा शेयर बिक्रीमा गोलमाल भएको तथ्य बाहिरिएको छ।

इनर्जी इन्जिनियरिङ कम्पनीले ६‍४२ मेगावाट क्षमताको माथिल्लो मैलुङ खोला जलविद्युत आयोजना निर्माण गरिरहेको हो। २०७० सालमा शुरु भएको आयोजनाको काम अझै पूरा भएको छैन। कम्पनीका अध्यक्ष कुशकुमार जोशीले भने, ‘आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ, अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिएको छौँ।’

जोशीका अनुसार केही समय अघिको बाढीले आयोजनातर्फ पुग्ने सडकमा क्षति पुगे पनि आयोजनामा ठूलो क्षति भएको छैन। उनले रसुवामा दर्ता भएको विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीलाई शेयर लगानी गर्न अनुमति दिएको स्वीकार गरे।

२०७४ सालमा डा. बाबुराम भट्टराईको नयाँ शक्ति पार्टीको अगुवाइमा विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनी स्थापना भएको थियो। जोशीले उक्त कम्पनीलाई मात्र होइन, कम्पनीको सिफारिसमा व्यक्तिलाई पनि शेयर लगानी गर्ने सुविधा दिएको बताए। ‘कम्पनीले शेयर लगानी गर्छु भनेको हो, व्यक्तिले होइन। तर कम्पनीकै आग्रहमा व्यक्तिलाई पनि दिने गरिएको हो’, उनले भने।

शेयर प्रमाणपत्र लिनका लागि बैङ्कमा नगद जम्मा गरिएको भौचर अनिवार्य हुने प्रष्ट पार्दै उनले कम्पनीको रसिद मात्र भए प्रमाणपत्र नपाइने स्पष्ट पारे। जोशी नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष हुन्। उनको नेतृत्वमा निर्माणाधीन रसुवाको अपर मैलुङ आयोजनाको शेयर बिक्री भएको हो। तर सोही प्रक्रियामा संलग्न विवेकशील आदर्श कम्पनी दर्ता भए पनि अद्यावधिक नभएको पुष्टि भएको छ।

इनर्जी इन्जिनियरिङले शेयर प्रमाणपत्र दिन बैङ्क भौचर अनिवार्य भनेपछि विवेकशील आदर्श कम्पनीको रसिद मात्रै लिएर रकम बुझाएकाहरू अन्योलमा परेका छन्। विवेकशील आदर्शको रसिद दिएर लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यसँग लाखौँ रुपैयाँ सङ्कलन गरेको आरोपमा ब्लु डायमन्ड सोसाइटीकी तत्कालीन अध्यक्ष सञ्जीव गुरुङ (पिंकी) कानूनी घेरामा परेकी छन्।

पीडितले जिल्ला प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गर्दै पिंकीले ८ वर्षसम्म शेयर प्रमाणपत्र नदिएको, विवेकशील कम्पनीको रसिदमै मुख बुझो लगाउँदै आएको आरोप लगाएका छन्। तत्कालीन नयाँ शक्ति पार्टीमा पनि आबद्ध रहेकी पिंकीले हाइड्रोपावरका नाममा रकम सङ्कलन गरी विवेकशील कम्पनीको रसिद वितरण गरेकी थिइन्।

तत्कालीन नयाँ शक्ति पार्टी रसुवाका संयोजक प्रेम तामाङका अनुसार, ‘कम्पनी स्थापना गर्नेहरू तितरबितर भइसकेका छन्। कम्पनी अद्यावधिक नभएको सत्य हो। विवेकशील कम्पनीको रसिदले मात्र हुँदैन, बैङ्कमा रकम जम्मा गरेको भौचर अनिवार्य हुन्छ। बैङ्कको भौचर भए प्रमाणपत्र पाउन सकिन्छ।’

उनले भने, विवेकशील आदर्श इन्भेस्टमेन्ट कम्पनीले इनर्जी इन्जिनियरिङसँग मिलेर शेयर बिक्री गरेको थियो। इच्छुक व्यक्तिलाई फाराम भराएर बैङ्कमा रकम जम्मा गर्न लगाइएको थियो। ​पिंकीले भने बैङ्कमा नगद जम्मा नगरी केवल कम्पनीको रसिद दिएको पाइएको छ।

उनले त्यति वेलाको अवस्थाबारे सम्झँदै थपे, ‘शेयर भर्नका लागि धेरै फाराम वितरण भएका थिए। कोहीले व्यक्तिलाई नगद बुझाएको गुनासो आएको छ। तर म सो कम्पनीमा प्रत्यक्ष आबद्ध थिइनँ, पार्टी कार्यालयमा छलफलपछि सहयोग मात्र गरेको हुँ। उनले अहिले पनि बैङ्क भौचर भएका व्यक्तिलाई प्रमाणपत्र दिलाउन सहयोग गरिरहेको भने स्वीकार गरे।

तामाङले आफूले कसैसँग व्यक्तिगत रूपमा नगद सङ्कलन नगरेको दाबी गरे। उनले भने, ‘पिंकीले मलाई कुनै रकम दिएकी छैनन्। बैङ्कमा सिधै जम्मा गर्ने भनिएको थियो। पिंकीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई शेयर बिक्री गर्ने जिम्मा लिएको हुनुपर्छ।’

पीडित समुदायका सदस्यहरूले भने ८ वर्षसम्म आफूले बुझाएको रकमको कुनै अत्तोपत्तो नपाएको भन्दै सार्वजनिक गुनासो गर्दै आएका छन्। यही कारण हाल पिंकी कानुनी घेराबन्दीमा परेकी हुन्। उनले विवेकशील आदर्श कम्पनीको रसिद देखाएर रकम सङ्कलन गरेको स्वीकार गरेकी छन्। साथै, सोधखोज गर्नेहरूमध्ये केहीलाई इनर्जी इन्जिनियरिङ कम्पनीको नाममा शेयर प्रमाणपत्र समेत दिएको पाइएको छ।

पीडितहरूले प्रहरी कार्यालयमा उजुरी दर्ता गरिसकेका छन्। लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूले भने, ‘पिंकीले म्यासेज गर्दै भेटेर कुरा गरौँ भनेकी छन्। तर यत्रो समय केही नगर्ने, उजुरी परेपछि मात्र कुरा गरौँ भन्नु उनको चालबाजी हो। हामी बाहिर भेटेर छलफल गर्ने पक्षमा छैनौँ।’  थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP