Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

कृषि विकास बैंकको अध्यक्षमा पौडेल नियुक्त

 

काठमाडौं : कृषि विकास बैंकको सञ्चालक समितिमा अध्यक्षमा डिम प्रसाद पौडेल नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको अध्यक्ष बन्नेगरी उनलाई अर्थ मन्त्रालयले सञ्चालकमा नियुक्त गरेको थियो।
सञ्चालक समितिको आज बसेको बैठकले पौडेललाई अध्यक्ष चयन गरेको हो। व्यवस्थापकीय क्षमताका आधारमा पौडेललाई कृषि विकास बैंक सञ्चालकमा पठाइएको मन्त्रालयले जनाएको छ।

नेपाल वायुसेवा निगमका पूर्वमहाप्रबन्धक पौडेलसँग निजी क्षेत्रका राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनीहरूको नेतृत्व गरेको २५ वर्ष भन्दा लामो व्यावसायिक अनुभव छ।

वायुसेवा निगमलाई कम्पनी मोडलमा लैजाने योजनाकार पौडेलले चितवन मेडिकल कलेज, नेपाल क्यान्सर अस्पताल जस्ता संस्थाहरूको सफलता पूर्वक नेतृत्व गरिसकेका छन्।

वित्त तथा व्यवस्थापन परामर्श दाताको रूपमा देश तथा विदेशका १०० भन्दा बढी कम्पनीहरूलाई सेवा प्रदान गरिसकेका पौडेल हाल ब्लु चिप्स भेन्चर क्यापिटल र ब्लु स्काई ईनर्जि लिमिटेडका समेत अध्यक्ष रहेका छन्।  थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP