काठमाडौँ : जनमैत्री बहुमुखी क्याम्पस कुलेश्वर काठमाडौँमा तीज विशेष नृत्य प्रतियोगिता र गजल प्रतियोगिता सम्पन्न भएको छ।
उक्त कार्यक्रममा लगभग २५ जना विद्यार्थीले प्रतिस्पर्धामा भाग लिएका थिए। कार्यक्रममा प्रथम, दोस्रो र तेस्रो स्थान हासिल गर्ने विद्यार्थी पुरस्कृत भएका थिए।
तीजको विशेष अवसरमा आयोजित कार्यक्रममा सबै महिला विद्यार्थी तथा शिक्षिका र महिला कर्मचारीलाई क्लिप उपहार प्रदान गरिएको थियो। त्यसैगरी महिला शिक्षक र कर्मचारीका लागि क्याम्पसका तर्फबाट विशेष उपहार पनि प्रदान गरियो।
सोही अवसरमा कक्षा ११ का नवागन्तुक विद्यार्थीका लागि स्वागत तथा कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो।
कक्षा १२ उत्तीर्ण विद्यार्थीलाई मायाको चिनोस्वरूप क्याम्पसको लोगो र नामसहितको कप उपहार प्रदान गरिएको थियो। लगभग एक हजार विद्यार्थी, शिक्षक, कर्मचारी र अभिभावकको सहभागितामा सञ्चालित उक्त कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म चलेको थियो। थाहा खबर
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया