Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

प्रभु बैंक ‘नेपालको उत्कृष्ट एसएमई डिजिटल बैंक’ अवार्डबाट सम्मानित

 

काठमाडौं : नेपाली वित्तीय क्षेत्रमा निरन्तर नवप्रवर्तन र सेवा विस्तार गर्दै आएको प्रभु बैंक लिमिटेड ले फेरि एकपटक अन्तर्राष्ट्रिय स्तरमा आफ्नो उत्कृष्टता प्रमाणित गरेको छ।

अन्तर्राष्ट्रिय ख्याति प्राप्त संस्था युरोमनी लिमिटेड द्वारा प्रदान गरिने युरो मनी अवार्ड फर एक्सिलेन्स (एसएमई २०२५ अन्तर्गत प्रभु बैंकलाई “नेपालको उत्कृष्ट साना तथा मझौला उद्यम डिजिटल बैंक” को अवार्ड प्रदान गरिएको हो।

यो अवार्ड सिङ्गापुरमा आयोजित एक भव्य समारोहका बीचमा बैंकका प्रमुख व्यवसाय अधिकृत रश्मी पन्तसहित अन्य तीन महिला अधिकृतहरूले संयुक्त रूपमा ग्रहण गरेका थिए।

यसले प्रभु बैंकमा महिला नेतृत्वको भूमिका र योगदानलाई समेत उजागर गरेको बैंकले दाबी गरेको छ। यसअघि पनि प्रभु बैंकले बैंक अफ द इयर २०२३ को सम्मान पाएको थियो।

निरन्तर रूपमा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सम्मानित हुँदै आएको यस बैंकले, आफ्नो सेवा गुणस्तर, ग्राहकप्रतिको समर्पण र डिजिटल नवप्रवर्तनमार्फत बजारमा अलग पहिचान बनाउन सफल भएको छ।

साना तथा मझौला उद्यम लक्षित डिजिटल सेवा प्रभु बैंकले पछिल्ला केही वर्षयता साना तथा मझौला उद्यम (एसएमई) का लागि मोबाइल तथा इन्टरनेट बैंकिङ, डिजिटल कर्जा प्रवाह, अनलाइन खाता सञ्चालन, कर तथा राजस्व भुक्तानी, बीमा तथा वित्तीय परामर्श सेवा, व्यवसायीक भुक्तानी समाधानजस्ता अत्याधुनिक डिजिटल सुविधा सञ्चालनमा ल्याएको छ।

यी सेवाले साना व्यवसायलाई आधुनिक बैंकिङ प्रणालीसँग जोड्दै उनीहरूको व्यवसाय वृद्धिमा ठोस सहयोग पुर्‍याएको छ।​ बैंकले साना तथा मझौला उद्यमलाई आफ्नै व्यवसायीक रणनीतिमा विशेष प्राथमिकता दिँदै ग्राहक आवश्यकताअनुसार अनुकूलित डिजिटल समाधान ल्याउने अभियानलाई निरन्तरता दिएको छ।

प्रभु बैंकको सेवा सञ्जाल हाल प्रभु बैंकले देशभर ३१२ शाखा, ४८ विस्तार काउन्टर, २५६ एटिएम तथा सबल डिजिटल प्लेटफर्ममार्फत आफ्ना सेवा प्रवाह गर्दै आएको छ। ​

बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अवार्ड प्राप्तिसँगै यसलाई केवल संस्थागत सफलताको प्रमाण नभई सम्पूर्ण नेपाली उद्यमशीलता समुदायको जितको रूपमा लिएको बताएका छन्।  थाहा खबर

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP