Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

प्रहरीले भन्यो- फोनमा चर्को स्वरले बोले वा आनावश्यक खोके तीन लाख जरिवाना

 

 

काठमाडौं : नेपाल प्रहरीले फोन कल गर्दा आवाज कम गर्न अनुरोध गरेको छ।

ध्वनि प्रदूषण मानव स्वास्थ्यका लागि हानिकारक रहेको भन्दै काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले सार्वजनिक सूचना निकालेको हो।

ध्वनि प्रदूषणका कारण खास गरी गर्भवती महिला, मुटु रोगी एवम् वृद्धवृद्धा र बालबालिकाको शैक्षिक, मानसिक र शारीरिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पर्नुका साथै सर्वसाधारण जनताको सामाजिक, आर्थिक क्रियाकलाप तथा नैतिक मूल्य मान्यता समेत प्रभावित हुने प्रहरीको भनाइ छ।

प्रतिकूल असर पर्न जाने भएको हुँदा घर, परिवार र छिमेकीहरूको हितका लागि भन्दै प्रहरीले पालना गर्नुपर्ने नियम समेत उल्लेख गरेको छ। ‘राति अनावश्यक आवाज नगरौँ। फोन कल गर्दा आवाज कम गरौँ वा हेडफोन प्रयोग गरौँ, मेसेजमै संवाद गरौँ’, प्रहरीले अनुरोध गर्दै भनेको छ।

त्यस्तै अबेरसम्म म्युजिक बजाएर नाचगान नगर्न, टेलिभिजन वा म्युजिक सिस्टम खोलेर नसुत्न, राती ढोकाको बेल नबजाउन, सङ्गीत अभ्यास गर्दा ध्वनि नियन्त्रण गर्ने उपकरण प्रयोग गर्न समेत भनिएको छ। यसैगरी बिहानको नित्यकर्मका क्रममा खोक्ने खकार्ने नगर्न पनि प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार ध्वनि प्रदूषण गर्ने व्यक्ति वा संस्थालाई सम्बन्धित निकायले त्यस्तो कार्यमा बन्देज लगाई ३ लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।

त्यस किसिमका गतिविधि गरी टोल छिमेकमा डिस्टर्व गरेमा १०० वा १०३ मा फोन गर्न सकिने बताइएको छ।  थाहा खबर

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP