Trending
flash विजयनगरबाट ८५ हजारका कुखुरा, मासु र मोटरसाइकल बरामद flash विजयनगरमा ‘एक घर, एक पठन कुना’ अभियान   flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash जनज्योति माविमा २ कोठे भवन शिलान्यास flash विजयनगर- १ गाेबरहवाका महिलालाई उद्यमशीलता विकास तालिम flash शिव माविमा ४ कोठे भवन शिलान्याससहित प्रविधिमैत्री सेवा उद्घाटन flash विजयनगरमा अपाङ्ग पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार निर्देशिका सम्बन्धी अन्तरक्रिया flash विजयनगरमा महिला लघुवित्तद्वारा कार्यशाला तथा वित्तीय साक्षरता तालिम flash जलवायु नमुना कार्यक्रम अन्तर्गत योजना छनोटका लागि स्थलगत निरीक्षण flash बालापुरमा रक्तदान शिविर सम्पन्न, ३५ पिन्ट रगत संकलन

थिमी र बोडेमा जिब्रो छेडाउनेलाई प्रदेश सरकारले दुई-दुई लाख नगद दिने

 

काठमाडौँ : बागमती प्रदेश सरकारले मध्यपुर थिमी नगरपालिकामा साँस्कृति जात्रामा जिब्रो छेडाउने व्यक्तिलाई दुई लाख रुपैयाँ प्रदान गर्ने भएको छ।

प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख २ गते बोडेमा र भाद्र शुक्ल पूर्णिमा (येन्या पुन्ही) का दिन थिमीको दिगुटोलमा जिब्रो छेडाउने व्यक्तिले यो रकम पाउनेछन्। स्थानीय भाषामा यसलाई म्ये प्वा खनिगु भनिन्छ।

स्रंस्कृति जगेर्ना र जात्राको निरन्तरताको लागि जिब्रो छेड्ने व्यक्तिहरूलाई प्रत्येक वर्ष प्रतिव्यक्ति दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिए।

‘भक्तपुरको चिनारी यो जात्रा लोप हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी जिब्रो छेड्नेहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेका हौँ’, मन्त्री श्रेष्ठले भने, ‘परम्परालाई निरन्तरता दिए बापत प्रोत्साहनका लागि रकम उपलब्ध गराउन लागेका हौँ।’

यो वर्ष भाद्र पूर्णिमामा स्थानीय वीरेन्द्रभक्त गजु श्रेष्ठले जिब्रो छेडाउने तय भएको छ। बोडेमा सुजन बाग श्रेष्ठले जिब्रो छेडाएका थिए।    थाहा खबर

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP