Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रधानमन्त्रीको समर्थनमा पोखरामा युवाहरुको प्रदर्शन

कास्की – प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा पोखरामा  युवाहरुले शुक्रबार र्‍याली निकालेका छन् । 

पार्टीभित्र आन्तरिक किचलो बढिरहेको बेला युवाहरुले प्रधानमन्त्री ओलीले देश र नागरिकको पक्षमा राम्रो काम गरेको भन्दै उहाँको समर्थनमा र्‍याली निकालेका हुन् ।

पोखराको चिप्लेढुङ्गाबाट सुरु भएको र्‍याली मानवअधिकार चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । ओलीले भारतले मिचेको भूभाग सहितको नक्सा जारी गरेर राष्ट्रवादी छवि बनाएको भन्दै समर्थन जनाएको प्रदर्शनमा सहभागीहरुको भनाइ छ । 

र्‍यालीमा ‘आजलाई होइन भोलिलाई, पाँच वर्ष ओलीलाई’, ‘विदेशी हस्तक्षेप मुर्दावाद’ लगायतका नारा लगाइएको छ । यस्तै विदेशी चलखेलले ओली सरकार ढाल्न खोजेको आरोप पनि लगाएका छन्।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP