Trending
flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल flash लाैटनराम द्राेपदी देवी माविमा चार कोठे विद्यालय भवनको शिलान्यास

पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश

 

काठमाडौं : राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मार्फत नयाँ सन्देश दिन खोजिएको छ । एनपिएलका फ्रेन्चाइज टोली जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सले क्रिकेटको माध्यमबाट सामाजिक सन्देश दिन खोजेका हुन् ।

बिहिबार यी दुवै एक अर्का विरूद्ध खेल्दा अरू दिनको भन्दा फरक जर्सीमा उत्रिएका थिए । जनकपुर गुलाबी रङ्गको जर्सीमा खेल्दा सबै खेलाडीको जर्सीमा आमाको नाम लेखिएको थियो । ‘आमाको सम्मान’ स्वरुप जनकपुरले बिहिबार आमाको नाम लेखिएको जर्सीमा खेलेको हो ।

जनकपुरका महाप्रबन्धक निरोज खतिवडाले आमाको सम्मानका लागि खेलाडीहरूले आमाको नाम अङ्कित जर्सी लगाएर खेलेको बताए । उनले भने, ‘नेपाली क्रिकेटमा पहिलोपटक नयाँ अभ्यास गरेका हौँ । क्रिकेटका माध्यमबाट आमाको सम्मान र सामाजिक कार्य गर्छाैँ ।’

यसका साथै आज खेलेका जर्सी अक्सनबाट लिलामी गरेर सङ्कलित रकम आमाहरूद्वारा सञ्चालित सामाजिक कार्य र जेनजी आन्दोलनमा सन्तान गुमाएका आमाहरूलाई सहयोग गरिने जनाएको छ ।

पोखराले जर्सी परिवर्तन गर्दै बिहिबार हरियो जर्सीमा खेलेको थियो । प्रकृति संरक्षण र जलवायु परिवर्तनको चेतना जगाउने सन्देश दिन खेलाडीले हरियो जर्सी लगाएका पोखरा एभेन्जर्सका प्रमुख सुवोध त्रिपाठीले बताए।

उनले भने, ‘पोखराले गत वर्ष ग्लोबल वार्मिङको मुद्दा उठाउँदै आफ्नो जर्सीको अगाडिको भागमा ‘ग्लेसियर म्याटर्स’ लगाएर खेलेको थियो । यसवर्ष नयाँ सन्देश दिन हरियो जर्सी लगाएर खेलेका हौँ । हिमाल सुरक्षित राख्न यो अभियान चलाएका छौँ ।‘ थाहा खबर 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP