Trending
flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

उम्मेदवार छनोट समितिले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा

 

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधि सभा निर्वाचनका सन्दर्भमा नेता तथा सदस्यहरूलाई आफू उम्मेदवार हुने वा उम्मेदवारको आकांक्षी रहेको जस्ता अभिव्यक्ति नदिन निर्देशन दिएको छ।

पार्टीले विभिन्न तहका सदस्यहरूले आगामी निर्वाचनका लागि उम्मेदवार बनेको प्रचार गर्न थालेको भन्दै यस्तो गलत अभिव्यक्ति रोक्न आग्रह गरेको हो।

उम्मेदवार छनोट समितिले सोमबार विज्ञप्ति जारी गर्दै उम्मेदवारी घोषणा गरिसकेको वा उम्मेदवार दाबी गर्ने खालका सार्वजनिक अभिव्यक्तिहरूमा ध्यानाकर्षण भएको जनाएको छ।

समितिले पार्टीबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवारको छनोट आधिकारिक रूपरेखा र विधिअनुसार मात्र हुने स्पष्ट नीति रहेको उल्लेख गरेको छ।

विज्ञप्तिमा रुपन्देही क्षेत्र नं. ३ का लागि मात्रै उम्मेदवार औपचारिक रूपमा चयन भएको र अन्य कुनै पनि निर्वाचन क्षेत्रका लागि हालसम्म पार्टीको तर्फबाट उम्मेदवार टुंगो नभएको स्पष्ट गरिएको छ।

यसबाहेक अन्य क्षेत्रमा उम्मेदवारसम्बन्धी भ्रामक, अपुष्ट वा अफवाह फैलिने खालका वक्तव्य, प्रचार–प्रसार वा गतिविधि नगर्न सम्पूर्ण नेता, सदस्य, संरचना तथा शुभेच्छुकहरूलाई अनुरोध गरिएको छ।

पार्टीले उम्मेदवार छनोट प्रक्रियाप्रति पूर्ण विश्वास राखी अनुशासन, सामूहिक निर्णय र स्वस्थ राजनीतिक संस्कारको सम्मान गर्दै अघि बढ्न सबैमा अपिल गरेको छ। वैखरी 

 

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP