Trending
flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ

भैरहवाको ‘लुम्बिनी प्यालेस रिसोर्ट’ अपग्रेड हुने

रुपन्देही जिल्लाको सियारीे ५ मा विगत ७ वर्षयता सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडको स्तरोन्नति हुने भएको छ।

२०७५ सालमा सञ्चालन भएको यो रिसोर्ट विगत ३ वर्षदेखि निरन्तर मुनाफामा छ। सोही क्रममा अब सेवा अपग्रेडको तयारी भएको हो।

यसअनुसार लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा ब्रान्डमा पाँचतारे होटल सञ्चालन गर्ने भएको हो। जुन म्यारियट इन्टरनेशनलको काठमाडौं उपत्यकाबाहिरको पहिलो र एकमात्र उपस्थिति हुनेछ।

यसको लागि रिसोर्ट र काठमाडौंको म्यारियट होटलले होटल व्यवस्थापन सम्झौता गरिसकेका छन्। रिसोर्टका अध्यक्ष दिपक पाण्डेय, प्रबन्धसञ्चालक रोशन कुमार न्यौपानेलगायतका रिसोर्टका सञ्चालकहरु एवम् उच्चपदस्थ पदाधिकारीज्यहरु र म्यारियट इन्टरनेशनलको तर्फबाट एसिया प्यासिफिक हेर्ने प्रमुख सञ्चालन अधिकृत नीरज गोविल र दक्षिण एसियामा विकास हेर्ने वरिष्ठ उपाध्यक्ष किरण एन्डिकोट, दक्षिण एसियामा विकास नै हेर्ने उपाध्यक्ष जुही रोयलगायतका उच्चपदस्थ पदाधिकारीहरुको संलग्नतामा ग्लोबल हस्पिटालिटी लाइसेन्सिंग एसएआरएल (म्यारियट इन्टरनेशनल)सँग होटल म्यानेजमेन्ट एग्रिमेन्ट (एचएमए) सम्पन्न गरेको छ।

लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेडले यसै आर्थिक वर्षको अन्तसम्ममा पाँच तारे रिसोर्टको सञ्चालन अनुमति लिने लक्ष्य लिएको जनाएको छ। वैखरी 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP