Trending
flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

जनज्योति माविमा २ कोठे भवन शिलान्यास

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, १५ बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-४ शंकरपुर-देउपुरामा रहेको जनज्योति माध्यमिक विद्यालयमा २ कोठे नयाँ भवनको शिलान्यास गरिएको छ ।

गाउँपालिकाकाे सहयोगमा ३४ लाख ६६ हजार १ सय २१ रुपैयाँको लागतमा भवन निर्माण हुन लागेको प्रधानाध्यापक पम्फा कुमारी पाण्डेले जानकारी दिइन् ।

भवन निर्माणको ठेक्का प्रेम निर्माण सेवा महाराजगञ्ज नगरपालिका-८ कपिलवस्तुले पाएको बताइएको छ । भवन अभावका कारण पठनपाठनमा देखिएको समस्या नयाँ भवन निर्माणपछि सहज हुने विद्यालय प्रशासनले विश्वास व्यक्त गरेको छ ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले भवनको शिलान्यास गर्दै शिक्षाको गुणस्तर सुधारका लागि भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताए । उनले विद्यालयको शैक्षिक उन्नयनका लागि गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत हिमलाल विश्वकर्माले सामुदायिक विद्यालयको विकासमा सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै निर्माण कार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न आग्रह गरे ।

शिलान्यास कार्यक्रममा ४ का वडा अध्यक्ष तिलकराम कँडेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिम बहादुर खत्री, समाजसेवी सरिता पाण्डे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP