Trending
flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित flash विजयनगर-२ मा ३५ दिने बारिष्टा तालिम सुरु flash अवैध सामान नियन्त्रण गर्दै सशस्त्र प्रहरी, वैशाखमै १० लाख बराबरको राजस्व सङ्कलन flash कपिलवस्तुमा जबरजस्तीकरणी मुद्दामा मिलापत्र गराउने पुर्व वडा अध्यक्ष सहित ४ जना पक्राउ flash नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड flash कपिलवस्तुमा फरार प्रतिवादी पक्राउ राजनीति राष्ट्रिय स्वाधीनता सबैभन्दा अप्ठ्यारोमा : प्रचण्ड

नेपाली काँग्रेस विजयनगरमा जरा अभियान, क्रियाशील सदस्यता अध्यावधिमा जाेड

कृष्णनगर, २८ बैशाख ।

कपिलवस्तु । नेपाली काँग्रेस विजयनगर गाउँ समितिले विजयनगर गाउँपालिकामा “जरा अभियान” कार्यक्रम सम्पन्न भएको छ । “जरा अभियान” अन्तर्गत गाउँपालिकाका क्रियाशील सदस्यतालाई अध्यावधि सहित राजनैतिक गतिविधि सम्बन्धी बृहत छलफल समेत गरेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य कमल प्रसाद भुसालले पार्टी संगठनलाई गाउँ तहसम्म थप मजबुत बनाउन क्रियाशील सदस्यहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले “जरा अभियान” मार्फत पार्टीलाई जनस्तरसँग अझ नजिक बनाउने उद्देश्य रहेको उल्लेख गरे ।

सभापति विनय कुमार गिरीले पार्टीभित्रको एकता, संगठन विस्तार र सक्रिय सदस्यहरूको जिम्मेवारीलाई प्रभावकारी बनाउन यस्ता छलफल कार्यक्रम आवश्यक रहेको बताए । उनले आगामी दिनमा पनि संगठन सुदृढीकरणका कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

कार्यक्रममा सहभागीहरूले क्रियाशील सदस्य अध्यावधि, संगठन विस्तार, पार्टीको वर्तमान अवस्था तथा आगामी रणनीतिका विषयमा आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा महासमिति सदस्य दिपक शुक्ल, जिल्ला उप-सभापति रजत आचार्य, जिल्ला सचिव प्रेम बहादुर रायमाझी, क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति ब्रम्हानन्द उपाध्याय, पूर्व क्षेत्रीय सभापति अकिल मिया, शिवराज नगर सभापति मधुसूदन पोख्रेल, विजयनगर सभापति रफिक मोहम्मद मुसलमान, महाधिवेशन प्रतिनिधि भरत किशोर चौधरी तथा विद्यावति खटिक लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति थियो ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP