घनश्याम भर
(विजयनगर) कपिलवस्तु, २९ बैशाख ।
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-२ मा बारिष्टा तालिम सुरु भएको छ । २ नम्बर वडा कार्यालयकाे सहयोग र एस.पि.एस.ए. कम्प्यूटर इन्स्टिच्युटको प्राविधिक सहयोगमा बारिष्टा तालिम सञ्चालन गरिएको वडा कार्यालयमा कार्यरत कर्मचारी प्रवेज अहमद खानले जानकारी दिए । वडा कार्यालयले युवाहरुलाई लक्षित गर्दै ३५ दिने सीपमूलक “बारिष्टा तालिम” मंगलबारदेखि सुरु गरेको उनले जनाए ।
वडाभित्रका २० जना युवायुवतीहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यसहित तालिम उक्त सुरु गरिएको वडा कार्यालयले जनाएको छ । तालिममार्फत युवाहरुलाई कफी बनाउने कला, ग्राहक सेवा तथा व्यावसायिक सीप प्रदान गरिने एस.पि.एस.ए. कम्प्युटर इन्स्टिच्युटका प्रमुख सुबास यादवले बताए ।
तालिम उद्घाटन कार्यक्रममा वडा अध्यक्ष नेपाल चौधरीले युवाहरुलाई सीपसँग जोडेर रोजगारी तथा स्वरोजगारको अवसर सिर्जना गर्न तालिम प्रभावकारी हुने विश्वास व्यक्त गरे । उनले युवाहरुलाई सीपसँग जोड्न सके मात्रै आत्मनिर्भर बनाउन सकिने बताउँदै यस्ता तालिमले भविष्यमा रोजगारी सिर्जना गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।
यस्तै वडा सदस्य नितु दर्जीले सिकेको सीपलाई व्यवहारमा उतार्न सहभागीहरुलाई आग्रह गर्दै युवाहरुलाई अवसरको सदुपयोग गर्न सुझाव दिइन् । सीप सिकेर मात्र नभएर त्यसलाई व्यवहारमा लागू गरेर आयआर्जनमा जोडिनु आवश्यक रहेको उनले बताइन् ।
कार्यक्रममा सहभागी युवाहरुले तालिमबाट व्यावसायिक ज्ञान र व्यवहारिक सीप हासिल हुने अपेक्षा गरेका छन् । कार्यक्रममा कार्यपालिका सदस्य रुन्नति देवी पाण्डे, वडा सदस्य सहरु भर लगायतकाे उपस्थिति थियोे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया