Trending
flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित

कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा

कृष्णनगर, ३० बैशाख ।

कपिलवस्तु प्रहरीले विभिन्न स्थानबाट अवैध रूपमा भारतबाट नेपालतर्फ ल्याइँदै गरेका सामान तथा मोटरसाइकल नियन्त्रणमा लिएको छ ।  प्रहरीका अनुसार विजयनगर गाउँपालिका-६ जडपनिया सडक खण्डमा अस्थायी प्रहरी पोष्ट खड्चाबाट खटिएको टोलीले भारतबाट ल्याइँदै गरेको केरा, आँप र अनार बोकेको मोटरसाइकललाई पछ्याउँदा चालक सामान छोडेर फरार भएका थिए ।

अनुमानित बजार मूल्य १२ हजार ५ सय रुपैयाँ बराबरकाे सामान रहेको प्रहरीले जनाएको छ । बरामद सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालय कृष्णनगर पठाइएको छ ।

त्यसैगरी शुद्धोधन गाउँपालिका-२ बरगदवा स्थित इलाका प्रहरी कार्यालय पकडीबाट खटिएको टोलीले भारतबाट भन्सार छली गरी ल्याइँदै गरेको पेय पदार्थ तथा चिनी बरामद गरेको छ । पेय पदार्थको मूल्य ४ हजार ८ सय रुपैयाँ र चिनीको मूल्य १२ हजार रुपैयाँ गरी कुल १६ हजार ८ सय रुपैयाँ बराबरको सामान बरामद गरिएको हो। सामान बोकेको मोटरसाइकल भने चालकले घटनास्थलमै छोडेर फरार भएको प्रहरीले जनाएको छ ।

यस्तै कृष्णनगर नगरपालिका-१२ जोशीडवा क्षेत्रमा भारतबाट नेपालतर्फ ल्याइँदै गरिएको कुखुराको चल्ला प्रहरीले नियन्त्रणमा लिएको छ । यूपी ५१ जे ७०९८ नम्बरको मोटरसाइकलमा ल्याइँदै गरेको १० कार्टुनमा रहेका १ हजार वटा चल्लाको अनुमानित मूल्य १ लाख रुपैयाँ रहेको छ ।

मोटरसाइकलको मूल्य समेत जोड्दा कुल २ लाख रुपैयाँ बराबरको सामग्री बरामद भएको प्रहरीले जनाएको छ । चल्लालाई स्थानीय जनप्रतिनिधि तथा सञ्चारकर्मीको रोहबरमा नष्ट गरिएको तथा मोटरसाइकल भन्सार कार्यालय पठाउने तयारी गरिएको छ ।

प्रहरीले तीनवटै घटनाबाट कुल २ लाख २९ हजार ३ सय रुपैयाँ बराबरको सामान बरामद गरेको जनाएको छ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP