Trending
flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित

किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता

सुशीला मिश्र

(विजयनगर) कपिलवस्तु, ३० बैशाख ।

कपिलवस्तुको विजयनगर गाउँपालिका-२ मा अवस्थित नेपाल तारा माध्यमिक विद्यालय मगरघट्टामा अध्ययनरत किशोरीहरूको रक्तअल्पता (एनिमिया) जाँच गर्दा ३५ प्रतिशतभन्दा बढीमा समस्या देखिएको छ ।

गुगौली स्वास्थ्य चौकीका प्रमुख तिलक बगालेले बुधबार विद्यालयमा ५७ जना किशोरीहरूको स्वास्थ्य परीक्षण गरिएको बताए । जाँचका क्रममा २० जना किशोरीमा रक्तअल्पताको समस्या देखिएको र उनीहरूलाई आवश्यक औषधी सेवनका लागि सिफारिस गरिएको उनले जानकारी दिए ।

किशोरीहरूको स्वास्थ्य अवस्था सुधार गर्ने उद्देश्यले गरिएको उक्त जाँच कार्यक्रमले समयमै समस्या पहिचान गरी उपचार प्रक्रिया अघि बढाउन सहयोग पुगेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । १० वर्ष माथि उमेरका किशाेरीहरुकाे रक्तअल्पता जाँच गरिएको छ । उनीहरूकाे ताैल र उचाईसमेत लिएकाे छ ।

विद्यालयस्तरमै स्वास्थ्य परीक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा किशोरीहरू आफ्नो स्वास्थ्यप्रति थप सजग बन्ने अपेक्षा गरिएको छ ।

 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP