Trending
flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा flash आयुर्वेद स्वास्थ्य सेवा प्रभावकारी, स्थानीय सेवाग्राही उत्साहित

करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान

घनश्याम भर

(विजयनगर) कपिलवस्तु, ३१ बैशाख ।

कपिलवस्तुकाे विजयनगर गाउँपालिकामा सामाजिक तथा लैंगिक मान्यता, खाद्य बानी, आहार विविधता तथा खाद्य सुरक्षा सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान कार्यक्रम सञ्चालन गरिएको छ । किड्स नेपालको आयोजना, विजयनगर गाउँपालिकाको समन्वय तथा प्लान इन्टरनेशनल नेपालको सहयोगमा गाउँपालिका-६ प्रेमनगर हाट बजारमा कार्यक्रम सञ्चालन गरिएको हो । समुदाय स्तरमै पोषण, सन्तुलित आहार र खाद्य सुरक्षाबारे जनचेतना फैलाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको किड्सका कार्यक्रम संयाेजक रजनिश चाैधरीले जानकारी दिए ।

उनका अनुसार कार्यक्रममा सहभागीहरुलाई सन्तुलित आहार खाने तरिका, घरमै करेसाबारी स्थापना गरी ताजा तरकारी तथा पोषणयुक्त खाद्यवस्तु उत्पादन गर्ने विधि, कुपोषण न्यूनीकरणका उपाय तथा खाद्य विविधताको महत्व, ५ वर्षमुनिका बालबालिकाको वृद्धि अनुमान, स्थानीय स्तरमा उपलब्ध खाद्य सामग्रीको प्रयोग बढाएर परिवारको पोषण अवस्था सुधार गर्न सकिने विषयमा जोड दिइएको छ ।

कार्यक्रममा विजयनगर गाउँपालिका अध्यक्ष गाेपाल बहादुर थापाले स्थानीय उत्पादन र स्वस्थ खानपानको संस्कार विकास गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताए । उनले कुपोषण नियन्त्रण तथा स्वस्थ समुदाय निर्माणका लागि गाउँपालिकाले स्वास्थ्य तथा पोषणसम्बन्धी अभियानलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

त्यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष प्रेम बहादुर कलवारले समुदाय स्तरमा पोषण र खाद्य सुरक्षाबारे जनचेतना बढ्दै जाँदा बालबालिका तथा महिलाको स्वास्थ्य अवस्थामा सकारात्मक सुधार आउने विश्वास व्यक्त गरे ।

स्वास्थ्य शाखा प्रमुख यज्ञ प्रसाद अधिकारीले पोषणयुक्त खाना, सरसफाई र आहार विविधता अपनाउन सके कुपोषण न्यूनीकरणमा ठूलो सहयोग पुग्ने बताए । उनले घरपरिवारमै करेसाबारी प्रवर्द्धन गरी स्थानीय उत्पादनको प्रयोग बढाउन आग्रह गरे ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, अभिभावक तथा समुदायका सर्वसाधारणको सहभागिता थियो । सहभागीहरुले यस्ता सचेतनामूलक कार्यक्रमले पोषण, स्वास्थ्य र खाद्य सुरक्षाबारे व्यवहारिक ज्ञान प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP