Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

हवाइ उद्धारमा सरकारको गम्भीर त्रुटि


काठमाडौँ । नोबले कोरोना भाइरस (कोभिड १९) का कारण बिभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धारमा सरकारले गम्भीर त्रुटि गर्दा काठमाडौँ उपत्यका लगायत बिभिन्न स्थानमा कोरोनाको सङ्क्रमण बढेको पाइएको छ । 

सरकारले विदेशमा अलपत्र परेका नेपालीको उद्धार गर्ने निर्णय गरे पनि उनीहरुलाई नेपाल ल्याउँदा सावधानी नअपनाइएका कारण स्वस्थ रहेका नेपालीमा पनि कोरोना फैलिएको सरकार मातहतका निकायले निष्कर्ष निकालेका छन् । 

हालसम्म उद्धार गरी ल्याइएका १७ हजार मध्ये ३५ प्रतिशतले मात्रै सम्बन्धित मुलुकमा पीसीआर जाँच गरी कोरोना नभएको रिपार्ट ल्याएका थिए ।

आरडीटी रिपोर्ट ल्याएर आउनेको सङ्ख्या पनि ३५ प्रतिशत छ भने बाँकीले ‘आजका मितिसम्म कोरोनाको लक्षण देखिएको छैन’ भन्ने कागज बनाएर नेपाल आएका थिए । सरकारले तीनवटै अवस्थाका नेपालीको उद्धारलाई तीव्रता दिएको छ । 

तीनै प्रकारका नेपालीलाई उद्धार गरेर एकै विमानमा ल्याउनुपर्ने अवस्था र उनीहरूको जाँच उपत्यकाका बिभिन्न ल्याबमा गरेका कारण पनि काठमाडौँमा सङ्क्रमितको संख्या धेरै देखिएको हो ।

यसकारण काठमाडौं उपत्यका जोखिममा, यसरी जोगाउन सकिन्छ ४० लाख नागरिक

यसबाट समुदायमा सङ्क्रमण फैलिने जोखिम बढेको स्वास्थ्य मन्त्रालय मातहतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा बासुदेव पाण्डेले सीआईएनसँग बताउनुभयो ।

बिदेशमा अलपत्र नेपालीको उद्धार गरी उनीहरूलाई सुरुमा काठमाडौँका बिभिन्न होल्डिङ सेन्टर अर्थात आराम केन्द्रहरूमा राख्ने गरिएको छ । कतार, कुवेत, साउदीअरेबियालगायत खाडी मुलुकबाट आउनेहरूले पीसीआर, आरडीटी जाँचको रिपोर्ट र कोरोनाको लक्षण देखिएको कागजात ल्याउने गरेका छन् ।

स्थानीयस्तरमा कोरोनाको सङ्क्रमण देखिन थालेपछि महाशाखाले टोखा, भक्तपुर, शंखमूल, गंगालाल, स्टार अस्पताल लगायत ५ स्थानबाट नमूना सङ्कलन गरी जाँच गरीरहेको छ ।

त्यसमध्ये नख्खुटोल र तीनकुने क्षेत्रबाट सङ्कलन गरिएको २ सय २८ नमूनामा कोरोना देखिएको छैन । कपन, हरिसिद्धी, चाँगुनारायणलगायतका ७ क्षेत्रबाट पनि अबको २ दिनभित्रमा नमूना सङ्कलन गरिने महाशाखाले जनाएको छ ।

समुदायस्तरमा कोरोना फैलनबाट जोगाउनका लागि नागरिक र सरोकारवाला संस्थाको पनि दायित्व भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक पाण्डेले बताउनुभयो ।

डाइलाइसिस गराइरहेका, क्यान्सरका बिरामी, यातायात, मालपोत, बैँक लगायतका क्षेत्रबाट गरी मुलुकभरमा ४५ हजार नमूना सङ्कलन गर्ने तयारी सरकारको छ ।

जनस्वास्थ्यविज्ञ डा रविन्द्र पाण्डेले भने सरकारले सावधानी नअपनाउँदा काठमाडौँ उपत्यकामा कोरोनाको सङ्क्रमण समुदायमा पुग्ने अवस्था आएको बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै डा पाण्डेले काठमाडौँ उपत्यकामा प्रवेशमा अझ कडाइ गर्न सरकारलाई सुझाव दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP