Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

मुख्यमन्त्री भट्टको टिम हटाएर नयाँ टिम नल्याए सुदूरपश्चिम प्रदेश बुआन बन्छः खड्का

काठमाडौँ । कोरोना संक्रमण नियन्त्रणमा गैरजिम्मेवार र भ्रष्टाचारमा मात्रै केन्द्रित भएको भन्दै नेपाली कांग्रेसले सुदूरपश्चिमा प्रदेश सरकारको राजीनामा मागेको छ । मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारले कोरोना नियन्त्रणका लागि पटक पटक आग्रह गर्दा पनि वेवास्ता गर्दै आएकाले संक्रमितको संख्या बढेर भयावहको स्थितिमा पुगेकाले यो मन्त्रिपरिषदको नेतृत्व परिवर्तन गरी नयाँ नेतृत्वमा सरकार बनाउनुपर्ने कांग्रेसको माग छ ।

नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरागर्दै सुदूरपश्चिमा प्रदेश सभा सदस्य एवं नेपाली कांग्रेसका नेता भरतबहादुर खड्काले मुख्यमन्त्रीको यहि टिम रहने हो भने प्रदेशमा ठूलो विपद् आइपर्ने बताउनुभयो । उहाँले भट्ट नेतृत्वको सरकारको नियत नै खराव भएकाले संघीयता माथि नै प्रश्न उठाएको र सरकार चलाउने अधिकार गुमाइसकेकाले यो टिमले राजीनामा दिनुपर्ने बताउनुभयो ।

उहाँले भ्रष्टाचार भन्दा अरु सरकारले जनताको काम गर्न नसकेको भन्दै कज्चनपुरमा भिषण बर्षाले गाउँ डूबानमा पर्दा समेत सरकारले नहेरको दावी गर्नुभयो । कोरो संक्रमण नियन्त्रण र उपचारका लागि पक्ष र प्रतिपक्ष भएर काम गर्न नहुने सल्लाह दिदा समेत मुख्यमन्त्रीले नमानेका कारण प्रदेश कोरोनाको जोखिममा पुगेको खड्काको भनाई छ ।

उहाँले भन्नुभयो,‘अहिले प्रदेशमा कोरोना संक्रमितको सख्या ४ हजार माथि पुगेको छ । यसै गरि बढ्ने हो भने यो प्रदेश चाइनाको बुआन हुनसक्छ । केन्द्रीय सरकारले पनि साथ दिन सकेन । यो प्रदेशमा एउटा मात्रै पीसीआर छ । २५० भन्दा बढी परिक्षण गर्न सकिदैन । प्रदेश सरकारले पनि हाम्रो कुरा सुनेर हामी सहकार्यका लागि तयार छौँ भनिरहेका थियो । काम गर भनेर हामीले सदन रोकेका थियौँ तर, अधिनायवादी शैलीमा बजेट पास भयो ।’

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP