Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सार्वजनिक यातायात चलाउने बारे व्यवसायी अन्यौलमा, आज आकस्मीक बैठक

काठमाडौं । सरकारले आजदेखि सार्वजनिक यातायात चलाउन दिने निर्णय गरेपनि यातायात व्यवसायी भने अन्यौलमा परेका छन् ।
सरकारले पर्याप्त छलफल र परामर्श नै नगरी एकलौटी निर्णय गरेको भन्दै व्यवसायीहरुले अन्यौलता प्रकट गरेका हुन् ।

सार्वजनिक यातायातका साथ चलाउन दिने बारे सरकारको निर्णय आफुहरुले सञ्चार माध्यम मार्फत् थाहा पाएको र अचम्मीत भएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका सरोज सिटौलालेबताउनुभयो ।

“हाम्रा साधनहरुका चालक, कर्मचारी कहाँ छन् भन्ने थाहा छैन, साधनहरु कुहिएको अवस्थामा छन्, आजको आजै सञ्चालन गर्न सकिने अवस्था छैन, तयारीका लागि केही समय दिनु पथ्र्यो,”सिटौलाले नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा भन्नुभयो ।

तीन महिनादेखि थन्क्याइएका सवारी साधन बनाउनु पर्ने र चालक तथा कर्मचारीहरु सम्वन्धीत ठाउँमा पुग्नु पर्ने भएकाले त्यसका लागि केही समय आवश्यक भएको उहाँको भनाई छ ।

सवारी साधन सञ्चालन गर्दा यातायात मजदुर र यात्रुहरुको स्वास्थ्य सुरक्षा कसरी सुनिश्चित गर्ने, मापदण्डहरु के के बनाउने भन्ने बारेमा सरकारलेसरोकारवालाहरुलाई राखेर छलफल गरेको भए प्रभावकारी उपायहरु आउन सक्ने महासचिव सिटौलाले बताउनुभयो ।

यातायात सञ्चालनका उपायहरुका बारेमा आफुहरुले पटक पटक ध्यानाकर्षण गराउदाँ पनि कुनै वास्ता नगरेको सरकारले एकटौली रुपमा निर्णय गरेको र त्यो निर्णय अपर्याप्त, अपरिपक्व र अस्पष्ट रहेको उहाँको भनाई छ ।

सरकारको निर्णय अनुसार यातायातका साधन सञ्चालन गर्न सकिने वा नसकिने वा के के व्यवस्था गर्नु पर्दछ भन्ने बारेमा निर्णय गर्न आज दिउसो १ बजे महासंघको आकस्मीक बैठक बोलाइएको पनि उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP