Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

दुनाटपरी बनाउने मेसिन हस्थान्तरण तथा तालीम उद्घाटन सम्पन्न

कपिलवस्तु
नगरवासीलाई आत्मनिर्भर बनाउन तथा पलाष्टिक मुक्त बनाउनका लागि शिवराज नगरपालिका १ ले महिलाहरुका लागी दुनाटपरी बनाउने ३ दिने तालीम एक कार्यक्रमका बिच सुरु गरी दुनाटपरी बनाउने मेसिन हस्थान्तरण गरेएको छ । शिवराज नगरपालिका वडा नं १ को सहयोगमा तलिम सुभारम्भ तथा मेसिन हस्तान्तरण गरीएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य अर्जुन कुमार केसी ले उद्मशिलता हुनका लागी कुनै पनि सिपको आवश्यक पर्ने र सिप सिकेर आपनै क्षेत्रमा व्यवसाय सञ्चालन गरी नेपाली दाजुभाईहरु कामको लागी विदेश जानुपर्ने वाध्यताको अन्त्य हुने बताउनु भयो ।


कार्यक्रममा किर्डाक नेपालका कार्यक्रम अधिकूत श्री बहादुर भण्डारीले दुनाटपरीको उत्पादन र प्रयोगले पलाष्टिक मुक्त बनाउन सहयोग गर्ने बताउनु भयो । दुनाटपरी जस्ता उद्मशिल तालिममा योजना बनाएर आएमा सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।
कार्यक्रममा व्यापार सघं कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेलले वयापार व्यवसायमा छिटो नाफा नहुने भएकाले टिक्न सक्नुपर्ने र निरन्तर गर्दै गएमा दुनाटपरीबाट राम्रो आयआर्जन गर्न सकिने बताउनु भयो । दुनाटपरी उत्पादन भएमा बेच्ने जिम्मा व्यापार सघं कपिलवस्तुले लिने पनि अध्यक्ष पोख्रेलले बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिका वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जि सीले सिप भएको मानिस कहिल्लै पनि बेरोजगार बस्न नपर्ने बताउनु भएको थियो । वडा भित्र विभिन्न सिपमुलक तालिमहरु सञ्चाल हुने भएकाले सिप सिकेर व्यवसायीक, आत्मर्नीभर र स्वरोजगार बन्न पनि आग्रह गर्नुभयो ।


महिलाहरु सिप सिकेर व्यवसमयीक तथा उद्मशिल भएमा समाज नै सम्बृद्धि तफ अघि बढ्ने बताउनु भयो ।
कार्यक्रममा किर्डाक नेपालका कार्यक्रम अधिकूत श्री बहादुर भण्डारी, व्यापार सघं कपिलवस्तुका अध्यक्ष माहादेव पोख्रेल लगायतको सहभागीता रहेको थियो । शिवराज नगरपालिका वडा नं १ को सहयोगमा सञ्चालीत कार्यक्रम प्रदेश सभा सदस्य अर्जुन कुमार केसीको प्रमुख आथित्यथा तथा शिवराज नगरपालिका वडा नं १ का वडा अध्यक्ष जगत बहादुर जि सीको अध्यक्षतामा सम्पन्न भएको हो

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP