Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नवलपुरमा डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पूर्व, नवलपुरको गैंडाकोटमा निर्माण गरिएको डाइभर्सन बाढीले बगाएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

नारायणगढ –बुटवल सडक खण्ड विस्तारको आयोजना अन्तर्गत गैंडाकोट –९, थुम्सीमा पुल निर्माणको क्रममा डाइभर्सन निर्माण गरिएको थियो । त्यही डाइभर्सन आज बिहान ४ बजेको समयमा बाढीले बगाउँदा राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहन बहादुर खाँडले बताउनुभयो ।

बाढीले डाइभर्सन बगाएपछि आवतजावत पूर्ण रुपमा रोकिएको छ । खाद्यान्न लगायतका अन्य सामाग्री ढुवानी गर्ने गाडी बिहानदेखि नै रोकिएका छन् । अन्य अत्यावश्यक कामले गुडेका निजी गाडी समेत रोकिएका छन् । 

बगाएको डाइभर्सन बनाउने काम सुरु गरिएको प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो । उहाँका अनुसार यातायात सञ्चालनमा आउन अझै केही घण्टा लाग्नेछ ।

तस्बिर : गोविन्द घिमिरेको फेसबुकबाट

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP