Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

नेपालमा सलहले सकेन, कोरोना ओली र प्रचण्डको वार्ता झैं अन्यौलमा

काठमाण्डाै – नेपालमा के के खान पाइन्छ भनेर बुर्कुसी मार्दै आएको सलह साता दिनमै सखाप भयो ।

खान आएको सलहलाई मान्छेले नै खाए । खान नसक्नेले सलहको टाउको, पखेटा र खुट्टाको मूल्य तोके । मान्छेको आक्रमण र मोलतोल छल्दै पहाड उक्लिएको सलहलाई प्रकृतिले पनि देखि सहेन । हावापानीले सखाप भए ।

नेपालका मान्छे, ठाउँ र हावापानीसँग नसकिने रहेछ भनेर सलहको सातो गयो । आफ्ना आफन्त, नातागोता र छरछिमेकीको एकै चिहान भएको खबर सुनेपछि नेपाल आउन ठिक्क परेका सलहले पनि नेपाल भ्रमण रद्द गरे । 
नेपालमा टिक्न नसकेर सलहले हार माने पनि सलहभन्दा पहिले नै नेपाल आएर रजगज गरिरहेको कोरोना भने अझै रनभुल्लमा छ ।

नेपालीहरु आफूसँग डराएका हुन् कि होइनन् भनेर उसले अझै भेउ पाउन सकेको छैन । सरकारमा बस्नेदेखि सडकमा कुद्नेसम्मको पारा देखेर कोरोना छक्क परेको छ । पहिले पहिले कोरोना सङ्क्रमित दुईजना थपिए रे भनेको सुन्दा पनि जिब्रो टोके । श्रीमान श्रीमती सँगै सुत्न पनि डराए । तर अहिले नेपालीलाई कोरोना केही नै होइन जस्तै लागेको छ ।

कोरोना नेपाल प्रवेश गर्नेबित्तिकै सरकार पनि डरायो, नागरिक पनि डराए । सबै घरभित्रै थुनिए । थरिथरिका परिकार बनाए । झुलको प्वाल र तारा गनेर बसे । फिल्मका डाइलग, गीतका तुक्का कण्ठ पारे । दाह्री, कपाल र नङ पालेर रुपरंग फेरे । बाहिरफेर हिँड्ने लुगा र जुत्तामोजा मिल्काए । 

पहिले पहिले कोरोना सङ्क्रमित दुईजना थपिए रे भनेको सुन्दा पनि जिब्रो टोके । श्रीमान श्रीमती सँगै सुत्न पनि डराए । तर अहिले नेपालीलाई कोरोना केही नै होइन जस्तै लागेको छ । दिनमा ५÷६ सय कोरोना सङ्क्रमित थपिंदा पनि ए त्यति मात्रै भनेर टाउको हल्लाउँछन् । मरेको मान्छे सुन्दा पनि ए मरेछ भनेर ख्यालख्याल ठान्छन् । टोलटोलमा कोरोना आइसक्यो भन्दा पनि कोरोनासँग कुम जुधाउँला झैं गरी बाटोमा लखरलखर हिँड्छन् । 

नेपालका मान्छे कोरोनासँग डराएका छैनन् भनौं भने कतिले आत्महत्या गरिसके । कति जना अझै घरभित्रै छन् । स्कुल, कलेज, सिनेमा हल, नाटकघर, होटल, जिम, बस, पौडी पोखरी लगायत धेरै कामकाज बन्द छन् । चिउँडोमै भए पनि प्रायः सबैले मास्क लगाएर हिँड्छन् । जाँडरक्सीको तलतल मेट्नकै लागि भए पनि स्यानिटाइजर दल्छन् । अंगालो मार्दै, हात मिलाउँदै, टाँसिंदै हिँडे पनि भौतिक दूरीको ख्याल गरौं भन्छन् । 

पानी नभए पनि बाटोबाटोमा हात धुनको लागि भन्दै पानीको भाँडो र साबुन राखिएको छ । कोरोनासँग लड्न र बच्न भनेर हुने जति सबै गरिएको छ । त्यसमाथि घण्टा घण्टामा रेडियोले कोरोनाका खबर दिन्छन्, अनलाईनले पीपीइले शरीर ढाकिएका डाक्टरका अन्तरिक्ष यात्री जस्ता फोटा छाप्छन् । स्वास्थ मन्त्रालयका प्रवक्ता कनकान गरेर हरेक दिन क्यै न क्यै भन्छन् । यी सबैथोक हेर्दा नेपाली कोरोनाबाट सचेत छन् ।सत्ताको खेलमा लागेका नेताहरु ठान्छन् – प्रधानमन्त्री हटाउन भन्दै होटल रेस्टुँरा धाउँदा कोरोना लाग्दैन । त्यही होटल, रेस्टुँरामा खान जानेलाई चाहिँ कोरोना लाग्छ । 

तर सरकारदेखि सडकसम्म हेर्ने हो भने धेरैलाई कोरोनाको डर नै छैन । देशमा कोरोनाको संकट सकिएझैं गरी नेताहरु सबैथोक बिर्सेर सत्ता जोगाउने र भत्काउने खेलमा छन् । दिनहुँजसो भेटघाट र छलफल भैरहन्छ । अरुलाई भौतिक दूरीको ख्याल गर्नु भने पनि उनीहरु कानमै मुख जोतेर एकअर्कासँग कानेखुसी कुरा गर्छन् । बैठक बोलाउँछन्, स्थगित गर्छन् । छलफलमा बस्छन्, फल आफैंलाई राख्छन्, छल अरुलाई दिन्छन् । 

सत्ताको खेलमा लागेका नेताहरु ठान्छन् – प्रधानमन्त्री हटाउन भन्दै होटल रेस्टुँरा धाउँदा कोरोना लाग्दैन । त्यही होटल, रेस्टुँरामा खान जानेलाई चाहिँ कोरोना लाग्छ । 

निजी गाडीमा हिँड्नेलाई त पहिलेदेखि नै कोरोना लाग्दैनथियो । अब सार्वजनिक गाडीमा हिँड्नेलाई पनि कोरोना नलाग्ने भएको छ । 

प्रधानमन्त्रीको जयजयकार गर्दै सडकमा नारा लगाउनेलाई पनि कोरोना लाग्दैन । प्रधानमन्त्रीको बिरोध गर्दै उफ्रनेलाई पनि कोरोना लाग्दैन । नारा जुलुस गर्नेदेखि कोरोनाको सातो जान्छ । भोजभतेर र घुमफिर गर्नेलाई पनि कोरोना लाग्दैन । कोरोनाबारे नेपालीका धारणा, बुझाई र पारा देखेर कोराना रनभुल्लमा छ ।

सलहजस्तो भाग्ने कि केही दिन पर्ख र हेरमा बस्ने भन्ने निचोडमा पुग्न नसकेर कोरोना ओली र प्रचण्डको वान टु वान वार्ता जस्तो कहिल्यै निस्कर्षमा नपुगेर अप्ठेरोमा फलेको फर्सि झै यतै कतै अड्किरहेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP