जानु पाण्डे कपिलवस्तु
देशकै पहिलो साझेदारी वन तिलौराकोट साझेदारी वन व्यवस्थापन समिति १० औँ वर्षमा प्रवेश गरेको छ । शुक्रवार समितिको कार्यालयमा मिडिया अन्तर्क्रिया कार्यक्रम गरी १० वर्षमा वनको हैसियतमा सुधार आएको बताइएको छ । कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी पौडेलले कपिलवस्तुका वन क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाउँदा चोरी हुने क्रम घटेको बताउनु भयो ।
साझेदारी वनका अध्यक्ष जय प्रकाश पाण्डेले वैज्ञानिक वन व्यवस्थापनले वन क्षेत्रको हैसियतमा सुधार आएको बताउनु भयो । १० वर्ष पछि बनको हैसियतमा धेरै सुधार भएको छ । राजस्व सङ्कलनमा वृद्धि भएको छ । वन संरक्षण हुँदा वन्य जन्तु समेत वढदै गएको पाण्डेको भनाई थियो ।
सो कार्यक्रमको बिच कपिलवस्तुका २ पत्रकार र १ समाजसेवीलाई पुरस्कृत समेत गरिएको छ ।
तिलौराकोट साझेदारी बनले बर्सेनि प्रदान गर्दै आइरहेको साझेदारी बन पत्रकारिता पुरस्कार २०७७ बाट पत्रकार दिलीप कुमार यादव १० हजार नगद र डिभिजन बन कार्यालय कपिलवस्तुले प्रदान गर्ने बन वातावरण र पर्यावरणका क्षेत्रमा कार्यरत पत्रकार जानु पाण्डेलाई नगद १२ हजार ५ सय र बन वातावरणका क्षेत्रमा क्रियाशील समाजसेवी श्री रविन्द्रनाथ मिश्रलाई नगद १२५०० सहित सम्मान गरिएको थियो ।
साझेदारी वनबाट चालु आर्थिक वर्षमा ७९ हजार क्युबिक फिट काठ उत्पादन भएको बताइएको छ । समितिका सदस्य शिवलाल यादवका अनुसार ५३ हजार क्युबिक फिट सालको काठ र २६५ चट्टा दाउरा सङ्कलन भई घाट गद्दीमा रहेको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया