Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

भारतीय च्यानल बन्दपछि डाक्टरले दिएको आपत्तिजनक अभिव्यक्तिबारे प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । नेपालमा भारतीय च्यानल बन्द गरिएपछि चितवनको भरतपुर अस्पतालका एक चिकित्सकले दिएको आपत्तिजनक अभिव्यक्तिबारे प्रहरीले अनुसन्धान थालेको छ । अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीको आपत्तिजनक भिडियो सार्वजनिक भएपछि उनको अभिव्यक्तिबारे प्रहरीले छानविन थालेको हो ।

डा. तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले सीमा बन्द गरिदिए ‘ खान्छौ नेपाली ? तिमीहरुलाई चीनले ‘ दिन्छ की, जापानले दिन्छ ?’ भनेका छन् । सो भिडियो सामाजिक सञ्जालमा समेत सार्वजनिक भएको छ ।

आपत्तिजनक अभिव्यक्ति दिएकाले डा. तिवारीलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले बताउनुभयो ।विवादास्पद छविका डा. तिवारी गत असार १ गतेबाट दैनिक ज्यालादारीमा काम गर्ने गरी भरतपुर अस्पतालमा नियुक्त भएका थिए ।

अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले दैनिक ज्यालादारीमा काम गर्ने चिकित्सक भएकाले उनलाई हटाउन सकिने बताउनुभयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP