Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

५५ जना जेष्ठ नागरिकलाई सम्मान

दिपक के.सी.
कपिलवस्तु असार २७
हातमा झुण्डिएको प्लाष्टिकको थैलीमा २ वटा चमनप्रास हसिलो अनुहार लगाउदै ८० बर्ष नाघेका रत्नखर उपाध्यायले भन्नुभयो “म बुढोलाई पनि सम्मान गरे, ज्यानमा ताकत आउँछ यो खाएपछि” हातमा झुण्डाएको चमनप्रास देखाउदै भन्नुभयो । “घरले जा जा र वनले आ आ भन्ने उमेरमा खादाँ ओढाएर सम्मान गरे ,जिसि बाबुलाई सधै भगवान दाहिने होउन” बृद्ध आमा कलावती देवि खड्काले भन्नु भयो ।
शनिबार शिवराज नगरपालिका वडा नं. १ शिवपुरको वडा कार्यालयमा ५५ जना ८० बर्ष उमेर नाघेका बृद्धबृद्धा सम्मान ग्रहण गर्न जम्मा भएका थिए । कोहि सम्मान थापेर फर्कदै थिए त कोहि आफ्नो पालो पर्खदै थिए । वडा अध्यक्ष जगत जि.सी. सदस्यहरु लक्ष्मी हमाल, टिका विश्वकर्मा भिखु थारु, रामलिले चौधरी र शिवपुर स्वास्थ्य चौकीका प्रमुख लेखनाथ पौडेलले बृद्धहरुलाई सम्मान प्रदान गरेका हुन ।
शिवराज नगरपालिका वडा नं. १ शिवपुरको आ.ब. ०७६÷०७७ को कार्यक्रम अनुसार ८० बर्ष भन्दा माथिका जेष्ठ नागरिक सम्मान गरिएको वडा अध्यक्ष जगत जि.सी.ले बताउनु भयो । वडा रहेका ५५ जना बृद्धबृद्धालाई सम्मान गर्दै १ केजी चमनप्रास(शक्तिवद्र्धक) र यातायात वापत नगद रु. ३ सय प्रदान गरिएको उहाँले बताउनु भयो । जेठ नागरिक वडाका गहना भएका कारण उहाँहरु सम्मानमा सानो भए पनि कार्यक्रम आयोजना गरि सम्मान गरिएको वडा अध्यक्ष जि.सी.ले बताउनु भयो ।
बृद्धबृद्धाले चमनप्रास दैनिक सेवन गरेमा शरिरमा ताकत बढ्ने हुनाले वडाले गरेको सम्मान राम्रो बताउदै शिवपुर स्वास्थ चौकीका प्रमुख लेखनाथ पौडेलले आगामी वर्षमा यस्ता कार्यक्रमलाई वडाले निरन्तता दिनु पर्ने बताउन भयो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP