दिपक के.सी.
कपिलवस्तु ,असार २७
कपिलस्तुको कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाहले २५ जना व्यापारीहरुको ३ महिनाको भाडा मिनाहा गर्नु भएको छ । मेयर शाहले कृष्णनगरमा रहेको आफ्नो रजत कम्प्लेक्समा व्यापार गर्ने व्यापारीहरुको भाडा मिनाहा गर्नु भएको हो ।
कोभिड १९ कोरोना भाइरसका कारण विगत ३ महिना व्यापारीहरुको व्यापार चौपट भएको र अन्य कुनै आय नभएका कारण आफनो कम्प्लेसमा भाडामा व्यवसाय गर्दै आएका व्यापारीहरुलाई थोरै भए पनि राहत प्रदान गर्न आफुले ३ महिनाको भाडा मिनाहा गरेको मेयर शाहले बताउनु भयो । “अहिले सबै कोरोना महामारीको चपेटामा परेका छन, ३ महिनाको भाडा मिनाहा गर्दा पनि व्यापारीहरुलाई राहत हुन्छ” शाहले भन्नु भयो ।
रजत कम्प्लेक्समा २५ जना व्यापारीले व्यवसाय गर्दै आएका छन , रजत कम्प्लेक्सबाट मासिक १ लाख बढि भाडा आउछ, तर कोरोनाका कारण व्यापारीले व्यापार नगरेको र पसलहरु बन्द रहेको हुदाँ ३ महिनाको भाडा मिनाहा गरेर विपतको समयमा मेयर शाहले व्यापारीलाई राहत प्रदानको कम्प्लेक्समा व्यपार गर्दै आएका एक व्यापारीले भने ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया