Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

जाजरकाेट पहिराे अपडेट : शनिबार थप २ जनाकाे शव भेटियाे, ३ जना अझै बेपत्ता

जाजरकोट – बारेकोट गाँउपालिका ४ को सार्की टोलमा गएको पहिरोमा परि बेपत्ता भएका थप दुई जनाको शब शनिबार भेटिएको छ । योसँगै मृतकको सङ्ख्या नौ पुगेको छ । पहिरोले दुई घर बगाउँदा १२ जना बेपत्ता भएका थिए ।

पहिरोमा परि बेपत्ता भएका ३८ वर्षीया कलु सार्की र उहाँका ६ वर्षीय छोरा सुभास सार्कीको शव शनिबार भेटिएको हो । साथै यसअघि शव फेला परेर पनि पहिचान हुन नसकेकोमा कुशे ९ चौराटाका १४ वर्षीया गौरी सार्की र १६ वर्षीया कविता सार्की भन्ने पहिचान भएको प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) किशोर श्रेष्ठले जानकारी दिनुभयो  । उनीहरु कलु सार्की (दिदी) को घरमा पाहुना लाग्न आएका थिए ।

पहिरोमा परि बारेकोट ४ का ५२ वर्षीय गोपाल सार्की र उहाँका ११ वर्षीय छोरा अर्जुन सार्की र कलु सार्की (दिदी) को घरमा पाहुना आएका कुशे ९ चौताराका २० वर्षीया डिल्ली सार्की, १४ वर्षीया तिर्सा सार्की र १८ वर्षीय वीरेन्द्र सार्कीको शवको पनि पहिचान भइसकेको हो । 

पहिरोमा पुरिएका अझै तीन जना भेटिएका छैनन् । पहिरोका कारण बारेकोटका विभिन्न गाँउका दुई सय बढी परिवार विस्थापित भएका छन । घाइते भएका दुई जनालाई शनिबार हेलिकप्टरमार्फत उद्धार गरेर सुर्खेत लगिएको छ । पहिरोमा गम्भीर घाइते भएका बारेकोट ४ का ५६ वर्षीय लालबहादुर नेपाली र बारेकोट ६ धुमाखोलामा आएको बाढीले बगाउँदा घाइते भएका सात वर्षीय रामचन्द्र चलाउनेलाई कर्णाली प्रदेश सरकारले पठाएको नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरिएको जाजरकोटका डीएसपी श्रेष्ठले जानकारी दिनुभयो ।  

जाजरकोटको बारेकोटका विभिन्न स्थानमा गरी आठ घर पहिरोले बगाएको थियो । यस्तै वडा नम्बर ६ को धुममा खोलाले बगाएको दुई जनाको खोजी भइरहेको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो ।

सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, स्थानीयवासी र जनप्रतिनिधिरुले खोजी कार्यलाई तीव्रता दिए पनि निरन्तर पानी परेको कारण खोजी गर्न कठिन भएको प्रहरीले जनाएको छ । 

पालिकाका वडाध्यक्ष अजवी  सिंहसमेत विस्थापित भएपछि पाल हालेर बस्नुभएको छ । शनिबार बिहानैदेखि पहिरोबाट विस्थापित भएकाको विवरण अद्यावधिक गरिरहेको जनाएको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP