Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

निर्वाचन आयोगले जसपालाई दियो दल दर्ताको प्रमाण पत्र

काठमाडौं । राष्ट्रिय जनता पार्टी र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टी (जसपा) ले वैधानिकता पाएको छ । आज निर्वाचन आयोगले जनता समाजवादी पार्टी दर्ताको प्रमाणपत्र दिएको जसपाका नेता केशव झाले जानकारी दिनुभयो । झाका अनुसार जसपाको दर्ता नम्बर १५९ छ ।

वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकीकरण भएको थियो । जसपाले जेठ २५ गते दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो । आयोगमा बुझाएको नामअनुसार महन्थ ठाकुर र उपेन्द्र यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति अध्यक्ष रहेका छन् भने ३० सदस्यीय कार्यकारिणी सदस्य घोषणा गरिएको छ।

पार्टी एकीकरण घोषणा भए पनि आयोगले प्रमाणपत्र नदिइसकेकाले हाल राजपा र समाजवादीको संसदीय दल भने अलग–अलग नै छ । जसपा आयोगमा दर्ता भएसँगै संसदीय दल पनि अब एउटै हुनेछ । आयोगले संसदमा रहेका दुई दल एक भएको प्रमाणपत्र पाइसकेकाले सोबारे आयोगले राजपत्रमा सूचना प्रकाशित गर्नेछ ।

निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशित गरेपछि संसदीय दललाई पत्र पठाउने झाले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP