Trending
flash कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ flash दक्ष जनशक्ति उत्पादनमा कपिलवस्तु प्रतिष्ठानको दृढ संकल्पका साथ अभिमुखीकरण कार्यक्रम सम्पन्न flash विजयनगरका पाँच विद्यालय जंक फुडमुक्त घोषित flash लुम्बिनी प्रदेशमै उत्कृष्ट अंकसहित शिवराज अस्पताल पहिलो स्थानमा flash ३५ दिने बारिष्टा तालिम सम्पन्न, २० युवायुवती सीपयुक्त flash बजारमा ‘एक्सन’ मोड : विजयनगरमा म्याद नाघेका सामान नष्ट, दर्ता र कर पनि निगरानीमा flash “स्वच्छ चुलो, आधुनिक भान्सा” अभियानमा विजयनगरको जोड flash करेसाबारीदेखि कुपोषण न्यूनीकरणसम्म : विजयनगरमा खाद्य सुरक्षा सचेतना अभियान flash किशोरी स्वास्थ्य जाँच, ३५ प्रतिशत भन्दा बढीमा रक्तअल्पता flash कपिलवस्तुकाे विभिन्न स्थानबाट २ लाख २८ हजार बढी अवैध सामान तथा मोटरसाइकल नियन्त्रणमा

कारागार तोडफोडपछि फरार भएका लागुऔषध मुद्दाका कैदी पक्राउ

कृष्णनगर, १६ असार ।

लागुऔषध मुद्दामा १५ वर्ष कैद सजाय तथा ८० हजार रुपैयाँ जरिवाना फैसला भएका फरार कैदीलाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ । जिल्लाको विजयनगर गाउँपालिका-४ देउपुराका ३३ वर्षीय बब्लु भनिने बुधई यादवलाई इलाका प्रहरी कार्यालय गणेशपुरको टोलीले पक्राउ गरेको हो ।

यादवलाई मिति २०८० असार २७ गते दाङ जिल्ला अदालतले लागुऔषध मुद्दामा ५ वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना तथा २०८१ असार १४ गते कपिलवस्तु जिल्ला अदालतले सोही मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजाय सुनाएको थियो । दुबै मुद्दाको फैसला अनुसार उनीमाथि कुल १५ वर्ष कैद र ८० हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

कैद भुक्तानका लागि कारागार चलान गरिएका यादव २०८२ भदौ २४ गते दाङको तुल्सीपुर कारागारमा भएको तोडफोड तथा आन्दोलनका क्रममा फरार भएका थिए ।

फरार अभियुक्तको खोजी कार्यलाई तीव्र बनाउँदै आएको प्रहरीले विशेष सूचनाको आधारमा प्रहरी निरीक्षक महेश कुमार आचार्यको नेतृत्वमा खटिएको टोलीले उनलाई विजयनगर गाउँपालिका-४ स्थित जोलाही चोक क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेका यादवलाई २०८३ असार १५ गते कपिलवस्तु जिल्ला अदालतमा उपस्थित गराई थप कारवाहीका लागि कारागार कार्यालय कपिलवस्तु पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP