घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १६ असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाले कुखुरा पालन व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले १० जना कुखुरा व्यवसायीलाई ७० प्रतिशत अनुदानमा विभिन्न सामग्री वितरण गरेको छ । गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापा र उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले संयुक्त रूपमा मंगलबार व्यवसायीहरूलाई सामग्री हस्तान्तरण गरेका हुन् ।
गाउँपालिकाको पशु सेवा शाखामार्फत सञ्चालन गरिएको कार्यक्रम अन्तर्गत व्यवसायीहरूलाई जाली, त्रिपाल, दाना खाने भाँडा, पानी खाने भाँडा, पानी ट्याङ्की, अटोमेटिक ड्रिङ्कर, ग्यास ब्रुडर तथा पानी खाने भाँडा राख्ने स्ट्यान्ड लगायतका सामग्री प्रदान गरिएको पशु सेवा शाखाका स्वास्थ्य प्राविधिक उमेश यादवले जानकारी दिए।
कार्यक्रममा गाउँपालिका अध्यक्ष थापाले कृषि तथा पशुपालन क्षेत्रलाई आयआर्जन र रोजगारीको महत्वपूर्ण आधारका रूपमा विकास गर्न गाउँपालिकाले विभिन्न अनुदान तथा प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले प्राप्त सामग्रीको सदुपयोग गर्दै व्यवसायलाई थप व्यावसायिक र उत्पादनमुखी बनाउन व्यवसायीहरूलाई आग्रह गरे ।
यस्तै गाउँपालिका उपाध्यक्ष चौधरीले स्थानीय स्तरमै उत्पादन वृद्धि, आत्मनिर्भरता र आर्थिक सशक्तीकरणका लागि यस्ता कार्यक्रम प्रभावकारी हुने बताइन् । उनले कुखुरा पालन व्यवसायबाट किसानको आम्दानी वृद्धि हुने विश्वास व्यक्त गरिन् ।
पशु सेवा शाखाका प्रमुख प्रहलाद ठाकुरले व्यवसायीहरूको उत्पादन क्षमता वृद्धि, लागत न्यूनीकरण तथा व्यवसाय विस्तारमा सहयोग पुर्याउने उद्देश्यले अनुदानमा सामग्री वितरण गरिएकाे जनाए ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया