सुशीला मिश्र
विजयनगर, २० असार ।
कपिलवस्तुको विजयनगर गाउँपालिका-१ गुगाैलीमा प्राथमिक उपचार तथा गुप्त रोग सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । ज्ञान पुञ्ज महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा तथा एन्जल फाउन्डेशन नेपाल शाखा कार्यालय गोरुसिङ्गे कपिलवस्तुको प्राविधिक सहयोगमा साे कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सहभागीहरूलाई प्राथमिक उपचारका आधारभूत सीप, दुर्घटना वा आकस्मिक अवस्थामा घाइतेको उद्धार गर्ने तरिका, रक्तश्राव नियन्त्रण, बेहोस भएका व्यक्तिलाई प्रारम्भिक उपचार गर्ने विधि तथा गुप्त रोगसम्बन्धी सचेतना, रोकथाम र समयमै उपचार गराउनुपर्ने विषयमा जानकारी प्रदान गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले प्राथमिक उपचार सम्बन्धी सामान्य ज्ञानले पनि दुर्घटना वा आकस्मिक अवस्थामा कसैको ज्यान जोगाउन महत्वपूर्ण भूमिका खेल्ने बताइन् । यस्ता सचेतनामूलक कार्यक्रमले समुदायमा स्वास्थ्यप्रतिको जिम्मेवारी र चेतना अभिवृद्धि गर्ने भएकाले सबै निकायबाट पहल हुन आवश्यक रहेको बताइन् ।
कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका सहभागीहरूको सहभागितामा प्राथमिक उपचार तथा गुप्त राेग सम्बन्धी सचेतना कार्यक्रम गरिएको ज्ञान पुञ्ज महिला विकास बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष राधा मिश्रले जानकारी दिइन् ।
सहभागीहरूले यस्ता व्यवहारिक तथा स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रमले दैनिक जीवनमा आवश्यक ज्ञान र सीप अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउने आयाेजकले विश्वास व्यक्त गरेकाे छ ।
कार्यक्रममा कार्यपालिका सदस्य रुन्नति देवी पाण्डे, सदस्य सदस्य त्रिवेणी काेरी, सहकारीकी उपाध्यक्ष गीता मिश्र लगायतकाे उपस्थिति थियोे ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया