Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मोरङमा बाढी–पहिरोः दुईजना बेपत्ता, एकको मृत्यु

विराटनगर । मोरङमा बाढीका कारण जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । बाढी र पहिरोमा परेर दुईजना बेपत्ता भएका छन् । रतुवा खोलाले बगाउँदा रतुवामाई नगरपालिका–७ डाँगीटोलका २४ वर्षीय अरुण ऋषिदेव आइतबार साँझ बेपत्ता भएका छन् ।

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक मोहन रायमाझीकाअनुसार तरेर झापाको गौरीगञ्जतर्फ जाने क्रममा ऋषिदेवलाई रतुवामाई ३ बाट खोलाले बगाएको हो ।

रायमाझीकाअनुसार पौडी खेलेर तर्न खोज्दा ऋषिदेवलाई खोलाले बगाएर बेपत्ता बनाएको हो । उनीसँगै खोलामा पसेका रतुवामाई–७ का बासु ऋषिदेव भने पौडीएर खोला तर्दै गौरीगञ्ज पुग्न सफल भएका छन् ।

त्यस्तै मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको खानी गाउँमा पहिरोले पुरिएर एक महिला बेपत्ता भएकी छन् । शनिबारराति १० बजे गएको पहिरोले घरसँगै पुरिएकी महिलाको अहिलेसम्म पहिचान खुल्न सकेको छैन । माथिबाट खसेको पहिरोले घरसँगै महिलालाई पुरेको जानकारी मात्रै प्रहरीलाई आएको छ ।

सुगम जिल्ला मोरङको सबै भन्दा दुर्गम मानिने सिंहदेवीमा अहिलेसम्म प्रहरी पुग्न सकेको छैन । सञ्चार सम्पर्कबिहीन रहेको ठाउँमा घटनाबारे खबर पाउने वित्तिकै आइतबार हिँडेको प्रहरी टोली अहिलेसम्म घटनास्थल पुगेको जानकारी प्राप्त भइनसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP