Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

प्रशारण बन्द भएको एक हप्ता नपुग्दै फेरी खुले भारतीय च्यानल

काठमाडौं । नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भारतीय मिडियामा जथाभावी समाचार आएपछि बन्द गरिएका भारतीय च्यानलहरु पुनः खुलेका छन् । नेपाल र प्रधानमन्त्रीविरुद्ध तथ्यहीन र कपोल्कल्पित समाचार प्रशारण गरेका भन्दै सरकारले दिएको अनौपचारिक निर्देशनअनुसार भारतीय च्यानल बन्द गरिएका थिए ।

म्याक्स टीभीका उपाध्यक्ष ध्रुव शर्माका अनुसार केवल अपरेटरहरुको संयुक्त बैठकले नेपाल र नेपालीका बारेमा भ्रम फैलाउने केही टेलिभिजन च्यानलबाहेकका अरु सबै च्यानल सुचारु राख्ने निर्णय गरेको हो । आजतक, जी न्युज, इन्डिया टुडे, एबीपी, जीका सम्पूर्ण च्यानल बन्द गरिएको उहाँले बताउनुभयो ।

ग्राहकको दबाब बढेकै कारण नेपालविरुद्ध खनिएका यी च्यनलबाहेक अरु खोलिएको हो र आवश्यक परे भोलि कुनै पनि बेला बन्द गर्न सकिने शर्माले बताउनुभयो । नेपालको राष्ट्रियता र स्वाभिमानविरुद्ध भ्रमपूर्ण समाचार तथा विश्लेषण सम्प्रेषण गरेकाले भारतीय च्यानलको प्रसारण नेपालमा बन्द गरिएको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP