Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

वाढीपहिरोमा परी एक महिनामै १०३ को मृत्यु, ४३ जना बेपत्ता

काठमाडौँ । बाढीपहिरोको कारण एक महिनाको अवधिमा देशभर एक सय तीन जनाको मृत्यु भएको छ। ४३ जना बेपत्ता भएका छन् । नेपाल प्रहरीका अनुसार जेठ ३० देखि असार ३० सम्म देशका विभिन्न जिल्लामा आएको बाढीपहिरो, डुबानलगायतका प्राकृतिक प्रकोपमा परेर एक सय तीन जनाको मृत्यु भएको हो। बाढीपहिरोमा परेर ४३ जना बेपत्ता भएका छन् भने ९७ जना घाइते भएका छन् ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक निरजकुमार शाहीका अनुसार बाढीपहिरोबाट सबैभन्दा धेरै मानवीय क्षति गण्डकी प्रदेशमा भएको छ । यसबीचमा गण्डकी प्रदेशमा ६१ जनाको मृत्यु भएको छ भने सात जना बेपत्ता र ५३ जना घाइते भएका छन् ।

त्यसैगरी बाढीपहिरोमा परेर कर्णाली प्रदेशमा १५ जनाले ज्यान गुमाएका छन् भने तीनजना बेपत्ता र पाँच जना घाइते भएका छन् । त्यस्तै सुदूरपश्चिम र प्रदेश ५ मा १०र१० जना, प्रदेश १ मा चार जना र बागमती प्रदेशमा तीन जनाको मृत्यु भएको प्रहरी तथ्यांकमा उल्लेख छ ।

गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभरका ११ हजार परिवार पहिरोको उच्च जोखिममा छन् । त्यसमा पनि ०७२ को विनाशकारी भूकम्पबाट बढी प्रभावित १४ जिल्लामा पहिरोको जोखिम बढी छ ।

उता, चार दिनदेखि परेको वर्षाका कारण सप्तरीमा डुबानमा परी कमजोर बनेका घरहरु भत्किएका छन् । वर्षाले सप्तरीको डाक्नेश्वरी नगरपालिका, महादेवा र तिलाठी कोइलाडी गाउँपालिकामा घरहरु भत्किएर क्षति भएको सप्तरी प्रहरीले जनाएको छ ।

खाँडोखोला किनारमा घर भएका महदेवा गाउँपालिकाका तीन जनाको घर खाँडोखोलाले भत्काएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक सन्तोष खडकाले बताउनुभएको छ । महदेवा–१ स्थित खाँडोखोलाको किनारमा घर भएका भुवन राम, रामचन्द्र राम र पवन रामको घर भत्किएको हो । घर भत्किएपछि भुवनको १० जनाको परिवार, रामचन्द्रको सात जनाको परिवार र पवनको पाँच जनाको परिवार विस्थापित भएका छन् ।

यसैगरी डाक्नेश्री नगरपालिकामा पनि एक घर भत्किएको छ । डाक्नेश्री–३ का ७५ वर्षीय महन्थी सदाको बाँसको टाटी बेरा भएको एककोठे घर भत्किएको सप्तरी प्रहरीले जनाएको छ । घर भत्किँदा रु ५३ हजारको क्षति भएको सप्तरी प्रहरीले अनुमान गरेको छ ।

यसैगरी तिलाठी कोइलाडी गाउँपालिका–१ बेल्हीस्थित खाँडोखोलाको पानीले रामानन्द रायको मोटरसाइकल ग्यारेजमा पानी पस्दा मेसिनरी सामान, मोटर पार्ट्स गरी रु ५० हजार मूल्य बराबरको क्षति भएको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP