Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सिटभर यात्रु राखेर बढी भाडा असुल्दै सार्वजनिक गाडी

काठमाण्डाै – कोरोना भाइरसबाट बच्न सार्वजनिक गाडीमा लागू गरिएको नियम यातायात व्यवसायीका लागि बढी भाडा असुल्न मात्र उपयोग भइरहेको यात्रुको गुनासो छ । लकडाउन खुलेसँगै बाहिर निस्कने मानिस बढ्न थालेका छन् । जसका कारण सार्वजनिक गाडीमा भिड बढ्दै छ । 

सिट क्षमताको आधामात्र यात्रु राख्न पाउने नियमको चालक, परिचालकले पालना गरेका छैनन् । नियामक निकाय ट्राफिक प्रहरीले पनि यसतर्फ ध्यान नदिएको यात्रु नवराज भण्डारीले गुनासो गर्नुभयो । यात्रु चढेर ओर्लेपछि छोटो दुरीमा पनि न्यूनतम २५ रुपैयाँ भाडा लिइए पनि सिट क्षमताको आधा यात्रु नराखेको उहाँले बताउनुभयो ।  

सिट क्षमताको आधामात्र यात्रु राख्न नै ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको हो । परिचालकले चढ्नेलाई नआऊ भन्न नसकिने भनी उत्तर दिने गरेको नेपाल यातायातमा यात्रा गरेर झर्नुभएकी यात्रु पार्वती घोरासैनीले बताउनुभयो । 

सार्वजनिक गाडी सिटभर यात्रु भरिएर उभिरहेका बेला पनि आधा घण्टासम्म कुरेर पर्खने क्रम दोहोरिन थालेको उहाँको गुनासो छ । केही दिन अघिसम्म काठ क्षेत्रका गाडीमा मात्र यात्रुको भिड देखिने गरेकामा अब भित्री सहरमा चल्ने सवारीमा पनि भिड बढ्न थालेको छ । भित्री सहरमा चल्ने नेपाल यातायात, कान्तिपुर यातायात, विभिन्न स्थानमा चल्ने माइक्रो र सफा टेम्पोमा पनि सिटभर यात्रु देखिन थालेका छन् । 
 
अनुगमनको जिम्मेवारी ट्राफिक प्रहरीलाई दिइएको यातायात व्यवस्था विभागले जनाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता बामदेव गौतम जनशक्ति अभावका कारण सबैतिर आवश्यकताअनुसार अनुगमन गर्न नसकिएको स्वीकार्नुहुन्छ ।   

अहिले उपत्यकामा पोसाक एवं सादा पोसाकमा समेत गरी २९ टोली सार्वजनिक गाडीकाे अनुगमनकै लागि खटाइएको उहाँले सुनाउनुभयो । शुक्रबार सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने १९ गाडीलाई कारबाही गरिएको थियो । शनिबार भने सिट क्षमताभन्दा बढी यात्रु राख्ने सवारी कमै भेटिएका थिए । 
 
यसैगरी सरकारले तोकेको पहिलेकाे भाडादरमा ५० प्रतिशतभन्दा बढी भाडा लिने १३ वटा माइक्रो र ट्याक्सीलाई सवारी तथा यातायात व्यवस्था नियमावलीअनुसार पाँच सय रुपैयाँभन्दा बढी जरिबाना गरिएको छ । महाशाखाले शनिबार आठ सय चार सार्वजनिक गाडीमा अनुगमन गरेको थियो ।

आइतबार सार्वजनिक सवारीमा बढी यात्रु चढेको भन्ने सूचना प्राप्त भएकाले मोटरसाइकलमा पनि अनुगमन टोली पठाइएको छ । टोलीले बढी यात्रुलाई सवारीबाट झारेर चिट काटी छाड्ने गरेको छ ।

सार्वजनिक सवारीले ५० प्रतिशतभन्दा बढी भाडा लिन बसभित्र स्यानिटाइजरलगायत सुरक्षा व्यवस्था मिलाएको हुनुपर्ने व्यवस्थाको पनि पालना भएको छैन । सार्वजनिक गाडीमा साबुन पानीले हात धुने व्यवस्था गर्न पानीको अभावका कारण कठिन छ । सार्वजनिक गाडीमा भिड बढेसँगै फेरि सङ्क्रमण बढ्न सक्ने खतरा देखिएको छ ।

सार्वजनिक गाडीमा सिट क्षमताको आधाभन्दा बढी यात्रु राखे, तोकिएभन्दा बढी भाडा लिएमा ट्राफिक प्रहरीको १०३ नम्बरमा सम्पर्क गरेर उजुरी गर्न सकिने विभागका महानिर्देशक गोगनबहादुृर हमालले बताउनुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP