Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मनसुन फेरी सक्रिय, केही जिल्लामा ‘भारी’ वर्षा हुने

काठमाडौं । अहिले देशभर बर्षा भईरहेको छ । जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ ।

चितवन, धादिङ, तनहुँ, स्याङ्जा, कास्की, पाल्पा, गुल्मी, नवलपरासी, कपिलवस्तु, रूपन्देही लगायतका जिल्लामा र ती जिल्ला आसपासका क्षेत्रहरुमा भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण बुटवलको तिनाउ नदीको बाढीले सोमबार बिहान चार बजे सतर्कताको तह पार गरेको थियो । बिहान सात बजेको मापनमा भने सतर्कताको तहभन्दा तलै देखिएको छ ।

यद्यपि बाढी पूर्वानुमान महाशाखाले तिनाउ र कञ्चनखोलाको तटीय क्षेत्र आसपासमा बिहान १० बजेसम्म सतर्क रहन आग्रह गरेको छ ।
आजबाट मनसुन पुनः सक्रिय भएकाले केही दिनसम्म झरी पर्ने पूर्वानुमान गरिएको छ ।

मनसुनी रेखा नेपालको दक्षिण भूभाग नजिक रहेकाले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा पनि भारी वर्षा हुने पूर्वानुमान छ ।

सोमबार र मंगलबारको तुलनामा बुधबार बढी वर्षा हुने छ । बुधबार बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशमा ‘धेरै भारी वर्षा’ हुने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP