रौतहट । रौतहटमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धालाई बाटो काट्ने क्रममा करेन्टको झड्का लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको हो ।
गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसेपछि स्थानीयले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सवगढामा रहेको सव स्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । सयौं पटक फोन गर्दा दुवै कार्यालयको फोन उठेन ।
समयमै फोन गरे पनि कार्यालयका कुनै कर्मचारीले फोन नउठाउदा मान्छे संगै पशु चौपायाको पनि मृत्यु भएको स्थानीयको भनाइ छ । विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ज्यान गएको भन्दै स्थानयीले लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्नुपर्ने माग गरेका छन् ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया