Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

मुग्लिङ-नारायणगढ सडकखण्डमा एकतर्फी गाडी सञ्चालन

काठमाण्डौ – नारायणगढ-मुग्लिङ सडकखण्डमा एकतर्फी मात्रै गाडी चलिरहेका छन् । 

गएराति इच्छाकामना गाउँपालिका-६ चोरखोलामा पहिरो खसेकाले एकतर्फी मात्रै गाडी चलेका मुग्लिङ प्रहरीले जनाएको छ । पहिरो खसेपछि केहीबेर सडक पूर्णरुपमा अवरुद्ध भएको थियो । 

त्यसपछि मर्मत गरेर एकतर्फी रुपमा आलोपालो गरी सडकखण्ड सञ्चालनमा ल्याइएको हो । एकतर्फी मात्रै गाडी चल्दा यो सडकखण्डको चोरखोला आसपास गाडीको जाम भएकाे छ । यात्रुले केही समय पालो पर्खनुपर्ने अवस्था छ। 

यस्तै पहिरोका कारण भालुवाङ-प्युठान सडकखण्ड अवरुद्ध भएको छ । प्युठानको सरुमहारानी गाउँपालिका-४ खहरेखोलामा पहिरो खस्दा यो सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । 

अहिले यस सडकखण्डमा पहिरो पन्छाउने काम चलिरहेको प्रहरीले जनाएकाे छ । यस्तै पहिरो र बाढीका कारण यसअघि अवरुद्ध भएका केही सडकखण्ड पनि अझै सञ्चालनमा आउन सकेका छैनन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP