Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

यस्तै चाला हो भने ठूलो दुर्घटना मच्चिन सक्ने स्वास्थ्य मन्त्रालयको चेतावनी!

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै थप ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँका ३२, ललितपुरका पाँच र भक्तपुरका एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ८ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ३ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै पाटन अस्पतालमा गरिएको परीक्षणका काठमाडौँका २ तथा ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको छ। वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी नेपाल प्रहरी अस्पतालमा काठमाडौँका १८ तथा ललितपुरका १ जना र नेपाल– कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

घना बस्ती रहेको काठमाडौँमा कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिन्ता व्यक्त गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्र गौतमले कोरोनाबाट बच्न उच्च साबधानी अपनाउन सबैलाई आग्रह गरे ।

उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन अपनाउन पर्ने साबधानीका उपायहरुको पालना नभएको बताउँदै यहि चाला हो भने ठूलो दुर्घटना निम्तिन सक्ने चेतावनी दिए

उनले कोरोना संक्रमणको जोखिमको बेवास्ता गर्दै केही स्थानमा आमसभा र सभा सम्मेलनहरु पनि भएका सूचना पाइएको भन्दै त्यसमा गम्भीर आपत्ति प्रकट गरे । ‘यस्ता खालका गतिविधि नगर्न स्वास्थ्य मन्त्रालय विनम्रतापूर्वक आग्रह गर्दछ’, डा. गौतमले भने ।

काठमाडौँ उपत्यकाका ३८ सहित देशभर २२४ जना संक्रमित थपिएका छन् भने १५१ जना डिस्चार्ज भएका छन् ।

यस्तै नेपालमा पछिल्लो दुई दिनमा कोरोनो भाइरसको संक्रमणका कारण चारजनाको मृत्यु भएको छ । मृत्यु हुने सबै चारजना पर्सा जिल्लाका स्थायी बासिन्दा हुन् । तीनजनाको पर्सामै मृत्यु भएको हो भने एकजनाको ललितपुर स्थित पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्साको वीरगञ्ज महानगरपालिका– ११ का ५६ वर्षका पुरुषको बिहीबार राति मृत्यु भएको हो । उनी मुटुका रोगी थिए । साउन ६ गते कोरोना पुष्टि भएपछि गण्डक अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

उनी वीरगञ्जमा रहेको जगदम्बा इन्टरप्राईजेजका सीईओ समेत हुन् ।

यस्तै वीरगञ्ज महानगरपालिका–१६ का ३५ वर्षीय पुरुषको पनि बिहीबार साँझ नै मृत्यु भएको छ ।

गत साउन ५ गते ज्वरो आएपछि वीरगञ्जको तराई अस्पतालमा भर्ना भएका ती युवकमा कोरोना संक्रमण भएको आशंका भएपछि उपचारको लागि गण्डक अस्पतालमा भर्ना गरिएको थियो।

उनको स्वाब संकलन गरि पीसीआर परीक्षणको लागि नारायणी अस्पतालमा पठाइएकोमा रिपोर्ट आउनु अघि नै बिहीबार साँझ मृत्यु भयो ।

यस्तै वीरगञ्ज महानगरपालिका – २ का ६५ वर्षीय पुरुषको पनि बिहीबार मृत्यु भएको छ । उनमा मृत्युपश्चात कोरोना संक्रमण पुष्टि भएको हो।

६५ वर्षका उनी आफनै घरमा बिहीबार बिहान मृत अवस्थामा फेला परेका थिए।

यस्तै वीरगञ्ज महानगरपालिका – ११ स्थायी घर भइ धसिखेल ललितपुरमा बसोबासरत ६५ वर्षीया महिलाको शुक्रबार कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

उनी मधुमेह तथा प्रेसरकी बिरामी थिइन् । उनलाई उपचारका लागि वीरगञ्जबाट काठमाडौँ ल्याइएकोमा शुक्रबार बिहान पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ५६ पुगेको छ ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP