Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

खुसी हुनमा नेपालले भारत र चीनलाई जित्यो


काठमाडौँ । कुनै पनि देशका नागरिक खुसी हुनका लागि के कुरामा निर्भर हुन्छ ? देशको ठूलो भूभाग, तीव्र विकासनिर्माण, ठूलो अर्थतन्त्र इत्यादि ।

तपाईँले यसै सोच्नुभएको हो भने गलत सावित भयो । भारत र चीनका नागरिकभन्दा नेपाली धेरै खुसी रहेको पाइएको छ । ‘वर्ल्ड ह्याप्पिनेस इन्डेक्स २०२०’ अनुसार विश्वका एक सय ५३ देशमध्ये नेपाल ९२ औँ स्थानमा परेको हो । 

गत वर्ष नेपाल सयौँ स्थानमा रहेकोमा यो वर्ष कुल १० नम्बरमा नेपालले ५ दशमलव १३ अङ्कसहित ९२औँ स्थान हासिल गरेको हो । संयुक्त राष्ट्र सङ्घको दिगो विकास समाधान नेटवर्कले हरेक वर्ष खुसी हुने मुलुकको बारेमा अध्ययन गरी रिपोर्ट सार्वजनिक गर्छ ।

रिपोर्टअनुसार दक्षिण एसियाली मुलुकमध्ये नेपालभन्दा अघि पाकिस्तान ६६औँ स्थानमा र माल्दिभ्स ८७औँ स्थानमा छन् । बंगलादेश १०७औँ, श्रीलंका १३०औँ, भारत १४४औँ, अफगानिस्तान अन्तिम अर्थात् १५३औँ स्थानमा छन् ।

छिमेकी चीन पनि नेपालभन्दा पछि ९४औँ स्थानमा छ । खुसीका सामाजिक, आर्थिक, वातावरणीय, भौगोलिकलगायत विविध उपसूचकका आधारमा विभिन्न मुलुकका जनताको खुसीको स्तर यो प्रतिवेदनले मूल्यांकन गर्दै आएको छ ।

खुसी सूचकको सबैभन्दा अगाडि फिनल्यान्ड, डेनमार्क, स्वीट्जरल्यान्ड, आइसल्यान्ड र नर्वे रहेका छन् । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP