काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान राम नेपालकै अयोध्यामा जन्मिएको तर्क गरेपछि नेपाल र भारतमा तरंग उत्पन्न भइरहेका बेला विश्व हिन्दु परिषद नेपालले भारतको अध्योध्यामा राममन्दिर बन्न लागेको अवसरमा उत्सव मनाउने भएको छ ।
भारतको अयोध्यामा साउन २१ गते बुधबार राम मन्दिर निर्माण कार्य आरम्भ हुन लागेको अवसरमा विश्व हिन्दू परिषद नेपालले उत्सव मनाउन आह्वान गरेको हो । भारतको अयोध्यामा श्रीराम मन्दिर निर्माण हुनु गौरवको क्षण भन्दै परिषदले अब राष्ट्रिय विभूति सीताको घर निर्माण हुने बताएको छ ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया