Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

त्रिभुवन विमानस्थलमै पीसीआर जाँच्न माग, तत्काल सम्भव नरहेको सरकारी जवाफ

काठमाण्डाै – पर्यटन व्यवसायीहरुले त्रिभुवन विमानस्थलमै पीसीआर जाँच गर्ने मेसिन राख्न माग गरे पनि सरकारले तत्कालै राख्न नसकिने जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पीसीआर मेसिन राखेर नेपाल आउने पर्यटकको कोरोना जाँच गर्न र तत्कालै रिपोर्ट दिन व्यवसायीको माग छ ।

रिपोर्ट नेगेटिभ आएमा क्वरेण्टीनमा बस्नु नपर्ने व्यवस्था गर्न होटल, ट्रेकिङ तथा ट्राभल व्यवसायीको माग छ । तर सरकारले भने संसारका अति थोरै विमानस्थलमा मात्रै पीसीआर जाँचको व्यवस्था रहेको र नेपालमा तत्कालै यो सम्भव नरहेको जनाएको छ । 

‘व्यवसायीहरुले माग गरे पनि अहिलेसम्म हामीले यसबारेमा कुनै पनि प्रक्रिया थालेका छैनौँ र अहिलेसम्मको अवस्था हेर्दा तत्कालै सम्भव हुने पनि देखिन्न’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले भन्नुभयो । 

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रमुख देवेन्द्र केसीले पनि विमानस्थलमा पीसीआर मेसिन राख्ने माग आएपछि सामान्य अध्ययन गरिएको तर तत्काललाई सम्भव नदेखिएको बताउनुभयो । 

‘यो विषयमा हामीले सामान्य अध्ययन गयौँ तर नेपाल आउने यात्रुको विमानस्थलमा तत्कालै पीसीआर जाँच गरेर रिपोर्टपछि मात्रै विमानस्थलबाट बाहिर पठाउन तत्काललाई असम्भव जस्तै देखियो तर यो विषयमा अझ धेरै अनुभव स्वास्थ्य मन्त्रालयलाई भएकाले उहाँहरुको निर्णय र काममा पनि भर पर्छ’, विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले भन्नुभयो । 

यदि नेपाल आउने यात्रुको विमानस्थलमै पीसीआर जाँच गरेर मात्रै विमानस्थलबाट बाहिर निकाल्ने सरकारले निर्णय गरेमा त्यसको लागि ठाउँ उपलब्ध गराउन आफू तयार रहेको उहाँको भनाइ छ । 

‘हामी जाँच गर्ने ठाउँ दिन तयार छौँ तर स्वाब दिएको कति समयपछि रिपोर्ट आउने हो, त्यतिञ्जेल यात्रुलाई कहाँ राख्ने,  विमानस्थलमा थप भिडभाड हुने डर उत्तिकै हुन्छ होला, धेरै तयारी र अध्ययनपछि मात्रै विमानस्थलमा पीसीआर जाँचको कुरा गर्नुपर्छ जस्तो लाग्छ’, महाप्रबन्धक केसीले भन्नुभयो । 

व्यवसायीको माग : विमानस्थलमै पीसीआर जाँच, क्वरेण्टीन अवधि ३ देखि ५ दिनसम्म 

पर्यटन व्यवसायीहरुले विमानस्थलमै पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्न माग गरेका छन् । उनीहरुले विमानस्थलमा जाँच गर्दा रिपोर्ट नेगेटिभ आएमा क्वरेण्टीन बस्न नपर्नुपर्ने व्यवस्था गर्न पनि माग गरेका छन् । यस्तै पर्यटकलाई बढीमा पाँच दिनसम्म मात्रै क्वरेण्टीनमा राख्नुपर्ने उनीहरुको माग छ  । 

‘विदेशबाट घुम्न आउने पर्यटक १४ दिन क्वरेण्टीनमा बस्नुपर्छ भन्ने कुरा कत्ति पनि व्यवहारिक छैन, कोरोना नेगेटिभको प्रमाणपत्र लिएर विदेशबाट आउनेलाई क्वरेण्टीनमै बस्नु नपर्ने नियम हुनुपर्छ’, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सका अध्यक्ष अच्युत गुरागाईंले उज्यालोसँग भन्नुभयो । 

विमानस्थलमै पीसीआर जाँच गर्न पनि उहाँको माग छ । ‘विमानस्थलमै पर्यटकको पीसीआर विधिमार्फत जाँच हुनुपर्छ, रिपोर्ट आउञ्जेल पर्यटकलाई विमानस्थलभित्रै भुल्ने गरी कफी शपको व्यवस्था हुनुपर्छ अनि क्वरेण्टीनको अवधि बढीमा चार दिन हुनुपर्छ’, गुरागाईंले भन्नुभयो । 

यस्तै ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पनि सरकारले सहजीकरण गरिदिएमा आउने मुख्य सिजनमा २० प्रतिशत पर्यटक नेपाल आउने बताउनुभयो ।

‘सरकारले विमानस्थलमै कोरोना जाँच गर्ने,  भिसाको बारेमा क्लियर गर्ने र क्वरेण्टीन अवधि घटाउने हो भने केही पर्यटक नेपाल आउन इच्छुक छन्, कोरोनाबाट बच्दै नेपालमा पर्यटक भित्र्याउनको लागि सरकारले सहजीकरण गरिदिनुपर्छ’, टानका अध्यक्ष खुमबहादुर सुवेदीले भन्नुभयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP