Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

कोरोना सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने

काठमाण्डौ – कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि विद्यार्थी भर्ना कार्यक्रम नरोकिने भएको छ । कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि भदौ १ गतेदेखि हुने भनिएको भर्ना अभियानमा नरोकिने शिक्षा मन्त्रालयले स्पष्ट पारेको हो । 

सङ्क्रमण बढ्दै गए पनि सुरक्षा सावधानी अपनाए जोखिम नहुने भएकाले भर्ना अभियान प्रभावित नहुने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताउनुभयो । 

उहाँले भर्ना कार्यक्रममा सहभागी हुने अभिभावक, शिक्षक र सम्बन्धित व्यक्तिलाई सावधानी अपनाउन आग्रह गर्नुभएको छ । उहाँले भर्ना सुरु गर्नुको अर्थ पठनपाठन नै सुरु भएको भनेर नबुझ्न पनि आग्रह गर्नुभएको छ । 

भर्ना गर्न जाँदा बाटोदेखि शैक्षिक संस्थासम्म व्यक्तिगत दूरी कायम गर्ने, सकेसम्म सार्वजनिक गाडीमा यात्रा नगर्ने र गर्नै परे पनि पटक-पटक साबुनपानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने गर्नुपर्छ । भर्ना गर्ने ठाउँमा पनि भिडभाड गर्नु हुँदैन । यसका लागि विद्यालयले पनि दूरी कायम गर्ने व्यवस्था मिलाउन प्रवक्ता शर्माले आग्रह गर्नुभयो । 

उहाँले पठनपाठन कहिलेदेखि सञ्चालन गर्ने भन्ने बारेमा चाँडै नै विद्यालय सञ्चालन सम्बन्धी कार्य ढाँचा जारी गर्ने र त्यसपछि मात्रै थाहा हुने बताउनुभयो । कार्य ढाँचामा सुरक्षा  सावधानी लगायत मापदण्डका कुराहरु पनि समावेश हुने उहाँको भनाइ छ । 

कोरोना भाइरसको नियन्त्रण तथा रोकथामका लागि भएको लकडाउनका कारण यो वर्षको नयाँ शैक्षिक सत्र अनलाइन विधिबाट चलिरहेको छ । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP