Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

विप्लव समूहका जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ

रुकुम पश्चित – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको (नेकपा)का रुकुम पश्चिम जिल्ला सेक्रेटरीसहित चार जना पक्राउ परेका छन् । 

गएराति जिल्ला सेक्रेटरी मन्जित भनेर चिनिने हीरामणि रावलसहित चारजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनालाई आज जिल्ला सदरमुकाम ल्याउने प्रहरीको तयारी छ । 

पक्राउ पर्नेहरुमा मुसिकोट नगरपालिका-६ का ने.क.पा. विप्लव समूहका जिल्ला सेक्रेटरी हिरामणि रावल (मन्जित), त्रिवेणी गाउँपालिका-५ का ने.क.पा. विप्लव समूहका जिल्ला सदस्य घमन्ड महर, त्रिवेणी गाउँपालिका-२ का अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष प्रेम प्रशान्त बोहरा र त्रिवेणी गाउँपालिका-१ का ने.क.पा. विप्लव समूहका कार्यकर्ता तुलबहादुर घर्ती रहेका छन् । 

जिल्लाको आठबिसकोट नगरपालिका वडा नम्बर-९ का एक होटेलमा लुकिछिपी बसेको बेला आठबिसकोट प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका कार्यालय प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) ठगबहादुर के.सी.ले जनाउनुभयो ।

 पक्राउ परेका चारै जनालाई आज जिल्ला सदरमुकाम ल्याएर आवश्यक कारबाही थालिने डिएसपी के.सी.ले बताउनु भयो । 

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP