काठमाडौं । राष्ट्रियसभाका चारवटा विषयगत समितिमा पुरानै समिति सभापतिहरु दोहोरिने संकेत देखिएको छ।
सभापतिहरुको लागि निर्वाचनका लागि बिहिबार बिहान ११ बजेबाट उम्मदवारी दर्ता भएकोमा पहिदा नै समितिको नेतृत्व गरेका सभापतिहरुले मात्रै उम्मेदवारी दर्ता गराएका छन्।
उम्मेदवारी दर्ताको समय आज बेलुकी ४ बजेसम्म छ। राष्ट्रियसभा नियमावली २०७५ को नियम १५० को उपनियम (२) बमोजिम सभापतिका लागि बिहीबार उम्मेदवारी दर्ता भइरहेको छ।
संसद सचिवालयका अनुसार प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा रामनारायण बिडारी, राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिल कुमारी रावल थापा, विधायन व्यवस्थापन समितिमा परशुराम मेघी गुरुङ र दिगो विकास तथा सुशासन समितिमा तारादेवी भट्टको उम्मेदवारी दर्ता भएको छ।
बिहिबार १ बजेका लागि समिति सभापतिहरुको निर्वाचन हुने कार्यतालिका रहेको छ।
राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…
प्रतिक्रिया