Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

सुनको भाउ बढेपछि जलप लगाइएका गरगहनामा आकर्षण

काठमाण्डौ – कीर्तिपुर बस्ने दिना पौडेलले यो वर्षको तीजका लागि नक्कली सुन अर्थात् सुनको जलप लगाइएका सुनजस्तै देखिने गहना किन्ने योजना बनाउनुभएको छ । यसपालिको तीज नक्कली गहनाले टार्ने उहाँको तयारी छ । 

सुनजस्तै देखिने, सुनभन्दा धेरै नै सस्तो हुने भएकोले त्यही किन्ने विचार गरेको पौडेलले भन्नुभयो । नक्कली सुनमा आफूलाई मन लागेको डिजाइन रोजेर लगाउन पाइन्छ  ।

‘फेरि हराइहाले पनि खासै डर मान्नु परेन’ उहाँ हाँस्दै भन्नुहुन्छ ‘यसपालि दिदी र म दुवै जना नक्कली गहना लगाउने विचारमा छौँ।’ 

पाल्पा घर भई कीर्तिपुरमा नै बस्दै आएकी सिर्जना भट्टराई पनि अहिलेको तीजमा नक्कली गहनाले नै टार्ने सोचमा हुनुहुन्छ । सुन लगाउन रहर लागे पनि सुनको भाउले आकाश छोएको र महामारीको बेला कम महत्वका काममा खर्च गर्ने समय नभएकाले नक्कली गहना किनेर सुनको रहर मेटाउन लागेको उहाँले बताउनुभयो ।

सुनको भाउ तोलाकै एक लाख रुपैयाँभन्दा बढी पर्न थालेपछि धेरैले सुन किन्ने आँट गरेका छैनन् । अधिकांश सुनचाँदी पसल दिनभर खाली हुन्छन् । सुनको भाउ बढ्दै गएपछि नक्कली गहनाप्रति धेरैको आकर्षण बढ्न थालेपछि सक्कली सुन पसलका व्यापारीहरु निराश बनेका छन् ।

सक्कली सुनचाँदी पसलहरुमा सुन बेच्ने मात्र आउने गरेको र नयाँ गहना बनाउनेहरुले पनि आफ्नै गहना लिएर आउने गरेको व्यवसायी बताउँछन् । नक्कली सुनका गरगहना व्यापार गर्नेहरु पनि लकडाउन र कोरोनाको कारण व्यापार नबढेको बताउँछन् ।

पछिल्ला केही दिनयता व्यापार अलि बढ्न थाले पनि पोहोरपरारको सिजनमा जस्तो व्यापार भने नभएको काठमाण्डौ भेडासिंगका व्यापारी सुसन बहादुर प्रधान बताउनुहुन्छ । सुनको भाउले जति नै आकाश छोए पनि विवाह लगायतका शुभ कार्यमा सक्कली सुन नै चाहिने भएकाले नक्कली सुनको व्यापार त्यति नबढ्ने उहाँको भनाइ छ । 

लकडाउनका कारण लामो समय थला परेको व्यवसायले केही राहत महशुस गर्न थाले पनि सोचेअनुसारको कारोबार नभएको उहाँ बताउनुहुन्छ । गंगा गोल्ड प्लेटेडका सञ्चालक उहाँ सामान्य अवस्थामा दैनिक २० हजार रुपैयाँसम्म कमाउनुहुन्थ्यो  । 

तर अहिले त्यसको आधा पनि कमाइ छैन । ‘मानिसको आम्दानीको स्रोत घटेको छ, के खाउँ भन्ने अवस्था छ, अहिले त पहिलाजस्तो कारोबार त हुने कुरै भएन नि’ उहाँ भन्नुुहुन्छ । सुनको कारोबार शून्य नै भए पनि केही दिन यता नक्कली सुन किन्ने ग्राहक भने बढ्न थालेका छन् । अब बिस्तारै राम्रो हुँदै जाने उहाँ बताउनुहुन्छ । उहाँले पसल सञ्चालन गर्नुभएको १७ वर्ष भइसकेको छ । १७ वर्षको अवधिमा अहिले जस्तो सुख्खा कहिल्यै नलागेको उहाँको अनुभव छ । 

भन्नुहुन्छ ‘मेरो पाँच जनाको परिवार छ । पाँच जनाको परिवार राम्रैसँग चलिरहेको थियो । तर कोरोना भाइरसका कारण गरिएको लकडाउनले व्यवसाय धरापमा पार्यो कि भन्ने सोचेको  थिएँ । धन्न  केही दिनयता आशालाग्दो हुन थालेको छ ।’ 

उहाँले अनलाइन अर्डर पनि लिने गर्नुभएको छ । उहाँको पसलमा सुनको जलप लगाइएका झुम्का, टप, तिलहरी, मगलसुत्र लगायतका गहना पाइन्छ । रमा गोल्ड प्लेटेड ज्वेलर्स पाटनका सञ्चालक तथा व्यवसायी विशाल दयाल भने केही दिन यता नक्कली गहनाको माग बढेको बताउनुहुन्छ । लकडाउन खुलेपछिको केही समय निराशाजनक भए पनि अहिले भने राम्रै व्यापार हुन थालेको बताउनुहुन्छ । 

महिलाहरुले नयाँ, नयाँ डिजाइनका गहना मन पराउने र नक्कली गहना सस्तो पनि हुने भएकाले व्यापार बढेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, ‘पोहोर परारको जस्तो आम्दानी नभए पनि दैनिक खर्च पानी राम्रै धानेको छु ।’

उहाँले होलसेलमा अरु विभिन्न पसलमा पनि गहना बेच्नु हुन्छ । त्यसैले व्यापार राम्रै भइरहेको छ । उहाँले नक्कली गहना आफ्नै पसलमा बनाउनुहुन्छ ।

४ जना अरु कामदार पनि राख्नुभएको छ । चार जनालाई महिनामा तलब पनि दिनुहुन्छ । अहिले ग्राहकले अरु गहनाभन्दा पनि रानीहार बढी अर्डर गरेको उहाँ बताउनुहुन्छ । उहाँले नक्कली गहना बनाउनका लागि आवश्यक कच्चा पर्दाथ भने बाहिरबाट नै किनेर ल्याउनु हुन्छ । 

व्यवसायीहरुले निश्चित दिनको भाडा लिएर पनि सुन जस्तै देखिने नक्कली गहना ग्राहकलाई प्रयोग गर्न दिने सेवा चलाएका छन् ।  यसले गर्दा फेर्दै गहना लगाउन इच्छा हुनेले रहर पूरा गर्न पाएका छन् ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP