Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

समुदायको संस्कृति जोगाउन थारु संग्राहलय निर्माण हुँदै

राम अवतार चौधरी

चन्द्रौटा(कपिलवस्तु), २३ साउन ।

कपिलबस्तुका स्थानिय निकायले धमाधम थारु संग्राहलय निर्माण गर्न थालेका छन् । थारू समुदायको इतिहास तथा संस्कृति जोगाउनुका साथै नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइ राख्ने उद्देश्यले संग्रहालय निर्माण कार्य थालिएको हो ।

थारु समुदायको बहुल्यता रहेको शिवराज नगरपालिकाले वडा नं. १ उमरी गुफा (डाडाँ) मा थारु संग्राहलयको भवन निर्माणाधिन अवस्थामा रहेको छ । केन्द्र सरकारको बहुवर्षिय योजनाको रुपमा रहेको उक्त संग्रहालय निर्माणको लागि गत वर्ष करिब रु ३६ लाख खर्च भएको नगर प्रमुख नेत्रराज अधिकारीले बताए । नगरपालिकाले पनि बजेट बिनियोजन गरेको थियो, केन्द्र सरकारबाट योजना पर्याे । हाल निर्माण काम जारी रहेको जनाउँदै संग्रहालय निर्माणको लागि रु ७५ लाख बजेट लाग्ने अनुमान गरिएको अधिकारीले बताए । नगर प्रमुख अधिकारीले भने, “संग्रहालय निर्माणको काम सकिएपछि संचालनको लागि स्थानियहरुलाई जिम्मा दिईने छ ।”

थारु समुदायको बाहुल्यता रहेको उमरीमा संग्रहालय निर्माण भएपछि थारू कला संस्कृति झल्किने चित्र, मूर्ति, नक्सा, थारु भेषभूषा, गहना तथा प्रयोग हुने परम्परागत सामग्री प्रर्दशन गरिने नगर उप–प्रमुख शिवकुमारी थारुले जनाइन् । संग्रहालय एक पर्यटकिय स्थलको रुपमा विकास गर्ने नगरको योजना रहेको बताउँदै थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता घर, थारू समुदायका नाचगानले नागरिकहरुलाई संग्रहालय प्रति आर्कषिक गराईने थारुले जानकारी दिइन् ।

उमरीमा संग्रहालय निर्माण भएपछि स्थानिय खुसि भएका छन् । संग्रहालय कारण व्यावसायिक रुपमा फाईदा हुने लगायत रोजगारी सिजर्ना हुने थारु कल्याणकारी सभाका शिवराज नगर अध्यक्ष इन्द्रबहादुर थारुले बताए ।

यस्तै बुद्धभुमि नगरपालिका वडा नं.४ बुड्ढीमा रू २५ लाख बजेट विनियोजन गरिएको थियो र सोहि अनुसार थारु संग्रहालयको निमार्ण कार्य तिब्र गतिमा भैरहेको बुद्धभुमि उप(प्रमुख मिरा थारुले बताइन् । थारु जातिको इतिहास जोगाइ राख्न संग्रहालय अति जरुरी रहेको बताउँदै पर्यटनको थलो रहेको बुड्ढी तालको बीचमा संग्रहालय भएमा तालको मनोरम दृश्य अवलोकन गर्नुका साथै संग्रहालयमाको समेत आन्नद लिन सकिने वडा अध्यक्ष पवन कुमार थारुले बताए ।

त्यसैगरी बाणगंगा नगरपालिका वडा नं.३ को पर्यटकिय स्थल राजापानीमा थारु संग्राहलय निर्माण गरिने बताएको छ । संग्रहालय निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन डिपिआर तयार गरि वाणगंगा नगरमा समिक्षा गरिएको छ । थारू जातिको इतिहास तथा संस्कृति बचाउने र नयाँ पुस्ताका लागि थारु संस्कृतिको पहिचान जोगाइराख्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले बताए। राजापानीको करिब १ बिगाहा क्षेत्रफलमा संग्राहलय निर्माणको डिपिआर तयार गरिएको जनाउँदै डिपिआर निर्माणको लागि रु ५ लाख रकम बिनियोजन गरिएको प्रमुख थारुले जनाए । भवन निर्माण पश्चात् स्थानीयलाई जिम्मेवारी दिइने बताउँदै थारु जातिको पहिचान झल्किने थारु समुदायका पहिरन देखि लिए खानापान सम्मका विशेषगरी थारु हस्तकला सामाग्री राखिने उनले बताए ।

जिल्लाको पश्चिमी भेग अर्थात् पिछडिएको क्षेत्र भनेर चिनिने विजयनगर गाउँपालिकाले पनि थारु संग्राहलय निर्माण कार्य सम्पन्न गरेको छ । संसदीय कोषको रु २५ लाखको बजेटमा वडा न २ लोहोरौला गाउँमा संग्राहलय निर्माण गरिएको उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताएकी छन् । “निर्माण काम सम्पन्न भएको छ, अब उक्त संग्राहलय संचालनको लागि त्यहाँ एउटा समिति निर्माण गरी जिम्मा दिने तयारीमा छौ” चौधरीले भनिन्, यसले थारु समुदायको परम्परालाई संरक्षण गर्ने जनविश्वास रहेको छ ।

त्यस्तै थारु कल्याणकारी सभा जिल्ला सभापति उमाशंकर थारुले प्रदेश स्तरीय थारु संग्रहालय दाङमा भएझैं जिल्ला स्तरीय पनि एक ठाउँमा भए अझै व्यापक तरिकाले अगाडि बढाउन सहज हुने बताए । अधिकांश पालिकामा निर्माण हुँदै गरेको संग्रहालय बन्नु नराम्रो होइन् तर जिल्ला भरिका थारु जातिको पहिरन लागयतका वस्तु केही मात्रामा फरक भएका कारण छुट्टाछुट्टै निर्माण गर्न थालिएको सभापति थारुले जनाए । संग्रहालय बनाएर मात्रै थारु जातिको पहिचान र हक, अधिकार संरक्षण हुँदै व्यवहारमा उतार्नु जरुरी समेत रहेको उनले बताए ।

जिल्ला सभापति थारुले भने, “संग्रहालयमा थारुले परिकार देखि लिएर पोशाक र रितिरिवाज समेत झल्किने गरि सामाग्री राख्ने र रोजगारीका अवसर खुल्ने नमुनामय संग्रहालयको विकास गर्नेु जरुरी छ“ अनि मात्र समुदायको विकास र पहिचान जोगाउन वातावरण सहज र सरल हुन्छ । यति मात्रै होइन् बाह्य पर्यटकलाई संग्रहालय सम्माको गाइड लाइनको उचित व्यवस्थापन गर्दा थारु संग्रहालयले थारु जातिको पहिचान झल्किनुमा स्थानीय थारु समुदायको महत्त्वपूर्ण भुमिका रहने थाकस जिल्ला सभापति थारुले बताए ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP