Trending
flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन flash डिजिटल प्रणालीतर्फ विजयनगर अस्पताल

वीरगन्जमा अस्पतालले भर्ना नलिदा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

वीरगन्ज  । निजी अस्पताल चहार्दाचहार्दै शुक्रबार राति मृत्यु भएकी वीरगन्जकी २० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।

वीरगन्ज महानगरपालिका–२ छपकैयाकी उनको शुक्रबार राति नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा मृत्यु भएपछि स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो ।

वीरगन्जका निजी अस्पतालहरू एडभान्स् अस्पताल, तराई अस्पताल, भवानी अस्पताल, वयोधा अस्पताललगायत नेशनल मेडिकल कलेजले समेत भर्ना लिन नमाने पछि राती उनको ज्यान गएको थियो ।

अन्तिम समयमा नारायणी अस्पताल लगिएकोमा वीरगन्ज हेल्थ केयरमा रेफेर गरिएको तर सो अस्पताल पनि कोभिडको पेसेन्ट मात्र लिने भनेर फर्काएकोले उपचार अभावका कारण उनको ज्यान गएको बिरामीसँगै रहेका सञ्चारकर्मी अजित भुजेलले जनाए ।

त्यस पछि बिरामीका आफन्तले जनता समाजवादी पार्टीका जिल्ला सचिव तबरेज अहमदको सहयोगमा डा.उदय सिंहसँग सम्पर्क गरि बिरामीलाई गण्डक अस्पतालमा पुर्याईयो तर, अन्तिम अवस्थामा गण्डक अस्पतालले शुक्रवार राती मृत्य घोषणा गरेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP