Trending
flash बहादुरगञ्जमा भदौ २० गते निःशुल्क आँखा शिविर हुँदै flash बाढी पीडितको उद्धारमा जुट्याे विजयनगर, १० लाख बढी सहयोग गर्ने प्रतिबद्धता flash उपाध्यक्ष चौधरी र वडाध्यक्ष मुसलमानको रास्वपा सदस्यता गोपनीयता भंग भन्दै छानबिन गर्न सभापतिको माग flash विजयनगरका उपाध्यक्ष चौधरी, वडा अध्यक्ष मुसलमानले रोजे रास्वपा flash लागूऔषधसहित कपिलवस्तुमा ६ जना पक्राउ समाज खैरहनीमा बससँग ठोक्किँदा मोटरसाइकलमा सवार दुवै जनाको मृत्यु flash एमालेको जागरण अभियानमा जुटे विजयनगरका कार्यकर्ता flash शान्तिदीप आधारभूत विद्यालयमा व्यवस्थापन समिति गठन, अध्यक्षमा तिरथ काेरी flash कपिलवस्तुमा ब्राउन सुगरसहित तीन जना पक्राउ flash बारा सिमरा घटनाको विरोधमा चन्द्रौटामा शोक दीप प्रज्वलन

कृष्णनगर नगरपालिका द्धारा कोरोना नियन्त्रणमा सक्रिय व्यक्तिलाई सम्मान


अनेक पाण्डे
कृष्णनगर, साउन २६

कपिलवस्तको कृष्णनगर नगरपालिकाले सोमबार विविध विद्यामा सक्रिय व्यक्तित्वहरुलाई अभिनन्द र सम्मान गरेको छ ।
विश्वव्यापी महामारी कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष रुपमा खटिएका सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी पत्रकार लगायत अन्य लाई नगरपालिकाले सम्मान सहित प्रशंसा पत्र, मायाको चिनो प्रदान गरेको छ ।
कोरोना भाइरसको महामारीको समयमा समुदायमा प्रत्यक्ष कार्य गरेको भन्दै नगरपालिकाले सम्मान गरेको हो । क्वारेन्टाइन व्यवस्था पन , कोरोना नियन्त्रणमा सहयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रमुख प्रताप पौडेल, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का गुल्मपती सशस्त्र प्रहरी नायब उपरिक्षक सुसिल कुमार शाही, सशस्त्र प्रहरी बल ३९ नं गुल्म का सशस्त्र प्रहरी नायब निरिक्षक सुरेश न्यौपाने र नेपाली सेना प्रतिनिधीलाई नगद रु २१ हजार सहित सम्मान गरेको हो । कोरोना महामारीको समयमा पनि जनताको प्रत्यक्ष सम्पर्कमा रहि नियन्त्रण र रोकथाममा खटेर काम गरेको भएर नगरपालिकाले उच्च मुल्यांकन गर्दै सम्मान गरेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रजत प्रताप शाहले बताए । कोरोना भाइरस नियन्त्रण गर्ने कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ दिने सम्पूर्ण प्रति आभार प्रकट गर्दै अझै कोरोना भाइरस विरूद्ध लड्न सबैको साथ अपरिहार्य रहेको बताउदै विकासका काममा समेत सबैको सहयोग अपरिहार्य रहेको र सबैको साथको अपेक्षा रहेको पनि उल्लेख गरे ।
उक्त कार्यक्रममा कृष्णनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डांगी, नगर उप प्रमुख सल्लाहकार तुफेल अहमद खां, सुरक्षाकर्मी, जन प्रतिनिधि, स्वास्थ्य कर्मी, कर्मचारी ,पत्रकार लगायतको उपस्थित रहेको थियो ।

प्रतिक्रिया

रोचक

सबै
थारु भाषाको “दिल जिगर तुहि धडकन” अडियो म्युजिक सार्वजनिक ।।
माघ १४, २०७६

राम अवतार चौधरी कपिलवस्तु, १४ माघ । गायक उत्तम चौधरी र अन्नु चौधरीको सुमधुर सांगीतिक स्वरमा सजिएको “दिल जिगर तुहि…

Recent Posts

TOP